राज शाही शनिबार, माघ २२, २०७८ मा प्रकाशित

हुम्ला

कर्णाली करिडोरको निर्माणको जिम्मा पाएको हिल्सा सिमकोट सडक आयोजनाका बाह्र वटा सडक तथा पुलको निर्माण कार्य रोकिएको छ । दुई दिन लगातार हिमपात हुँदा निर्माण स्थलमा दुई फिट भन्दा बढी हिउ जमेपछि निर्माण कार्य रोकिएको हो । कर्णाली करिडोर कै क्षेत्रमा पर्ने सिमकोट हिल्सा सडक खण्ड अन्र्तगतको हेक्पा खोला पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी सपना धुलीखेल जेभीका स्थानीय प्रतिनिधि गणेश महातले बाक्लो हिमपातले निर्माण भई रहेको पुलको कार्य रोकिएको जानकारी दिएका हुन ।

पुल निर्माण कार्य भई रहेको बेला निर्माणस्थलमा साढे दुई फिट हिउ जमेको कारण काम रोक्नु परेको हो । शनिवार मौसममा सुधार आएको भएपनि निर्माण क्षेत्रमा बाक्लो हिउ जमेको कारण कामदारले काम गर्न नसकिने अबस्था आएपछि हिउ नपक्लिनजेलसम्म काम गर्न नसकिने भएको हो ।

हिल्सा सिमकोट सडक आयोजनाका कम्प्युटर अप्रेटर अर्जुन रोकायाले हिमपातले उत्तरी क्षेत्रका कर्णाली करिडोरका बाह्र वटा आयोजनाको काम प्रभावित भएको जानकारी दिएका छन् । यसअघि परेको हिउ नपग्लिएकै बेला बिहीवार र शुक्रवार बाक्लो हिउ परेको कारण सडक निर्माणको काम अबरुद्ध भएको हो । हिमपातले निर्माण कार्य अबरुद्ध भएका आयोजनाहरुमा चार वटा पुलमा हेक्पा खोला, ताक्रु खोला, सल्ली खोला र याङ्गार खोलाका रहेका छन ।

त्यसैगरि सडक निर्माण आयोजनाहरुमा हिल्सा तुम्कोट खण्डको सडक ग्राबेलिङ कार्य, इलिङ क्षेत्रको सडक बिस्तार, याल्वाङ क्षेत्रको सडक बिस्तार, च्याछरा सडक निर्माण, हेक्पा खोलाबाट च्याछरा सडक निर्माण, सिमकोट हेक्पा खोलाको सडक निर्माण, सिमकोट खार्पुको सडक निर्माण र खार्पुदेखि छारे खण्डको सडक निर्माणको काम पनि बाक्लो हिमपातका कारण अबरुद्ध भएका हुन ।

सबैतिर दुई फिट भन्दा बढी हिउ जमेको कारण निर्माण कार्य सुरु हुन केही समय लाग्ने छ ।  त्यसैगरि सिमकोट र नाम्खा गाउँपालिकाका दुई दर्जन भन्दा बढी निर्माणका कार्य अबरुद्ध भएको गाउँपालिकाले जनाएका छन् । बाक्लो हिमपातको कारण नाम्खा गाउँपालिकामा बिकास निर्माणका कार्य मात्र नभई अन्य बिकासे गतिबिधिहरु पनि गर्न नसकिने अबस्था आएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९