राज शाही बुधबार, माघ १९, २०७८ मा प्रकाशित

एक जना अंदाजी ३४ वर्षिया महिलाको निधन भएको छ । निधन हुनेमा हुम्ला जिल्ला  खार्पुनाथ गाउँ पालिका वडा नं १ प्युस गाउँ निवासी रेलबहादुर शाहीकी श्रीमती देवकी शाहीको अल्पायुमै निधन भएको हो । उनी नेपाली काँग्रेस खार्पुनाथ गाउँ पालिका वडा नं १ की क्रियासिल सदस्य रहेकी थिइन ।

बुधबार  विहान करिव १० वजेको समयमा घर लिपपोतका लागी माटो निकाल्न माटी खान भन्ने ठाउँमा गएको  समयमा माटोको ढिस्को संगै  खसेको ढुङ्गाले च्यापिएर निधन भएको खार्पुनाथ गाउँ पालिका नेपाली काँग्रेस सभापति टक्क बहादुर शाहीले बताएका छन् । निजका १ श्रीमान ४ छोरी र २ छोरा रहेको भन्ने खवर प्राप्त भएको छ । निजको अन्तिम दाहसंस्कार भोली माघ २० गते विहिवारका दिन हिन्दु परम्परा अनुसार गरिने गाउँ पालिका सभापती शाहीले बताएका छन् ।

मृतक आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवार जन प्रति इश्वरले धैरे धारण गर्ने शक्ती प्रधान गरुन भनी रेडियो कैलास व्यवस्थापन समितिका अध्यक्ष एव कर्णाली प्रदेश मुख्य मन्त्री जिवनबहादुर शाही एव रेडियो कैलास परिवार हार्दिक संवेदना प्रकट गर्दछ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९