राज शाही मंगलबार, जेठ ०६, २०७७ मा प्रकाशित

 

हुम्ला

बैंक तथा वित्तिय संस्थामा जाने ग्राहकहरुले कार्यालय प्रवेश गर्नु अघि व्यक्तिगत विवरण भर्नु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार मार्गदर्शन पत्र २०७७ जारी गर्दै ग्राहहरुले कार्यालय प्रवेश गर्नुअघि व्यक्तिगत विवरण भर्नुपर्ने व्यवस्था लागु गरेको हो। उक्त मार्गदर्शनमा अब बैंक तथा वित्तिय संस्थाका कार्यालयमा प्रवेश गर्दा सेवाग्राहीले आफ्नो हालको ठेगाना, नाम, सम्पर्क नम्बर लगायतको विवरण रजिष्टर अनिवार्य रुपमा गराउनु पर्ने उल्लेख छ। यस्तै बैंकका कर्मचारी, सेवाग्राही लगायतका अन्य सरोकारवालाहरुको स्वास्थ्य सुरक्षा तथा कोरोना संक्रमणको सम्भावनालाई न्यूनिकरण गर्नका लागि कार्यालय प्रवेश गर्दा अनिवार्य रुपमा इन्फ्रारेड थर्मोमिटरबाट शरीरको तापक्रम मापन गर्न लगाउने र सो कार्यका लागि सुरक्षा समूह सर्भिलेन्स ग्रुपका कर्मचारीहरुलाई खटाउनु पर्ने बैंकले जनाएको छ। उक्त मार्गदर्शन अनुसार इन्फ्रारेड थर्मोमिटरबाट शरीरको तापक्रम जाँच गर्दा सेवाग्राही, कर्मचारी या अन्य सरोकारवालाहरुको १०० डिग्रीभन्दा रहेको अवस्थामा मात्र कार्यालयमा प्रवेश गराउने अन्यथा प्रवेशमा रोक लगाउनुपर्छ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९