राज शाही मंगलबार, माघ १८, २०७८ मा प्रकाशित

हुम्ला जिल्लामा  जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट  मंगलबार सम्म ६ सय २६ जनाले बुस्टर खोप लगाएका छन् । उक्त खोप सुरक्षाकर्मी पत्रकार लगाएत अग्रपङतीमा खटिनेहरुलाई माघ ४ गतेबाट लगाउन सुरु गरीएको थियो ।  सर्वसाधरणलाई माघ ८ गतेबाट लगाउन सुरु गरीएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्कीलाका प्रमुख प्रेमबहादुर सिंहले बताएका छन्  ।

हाल जिल्ला स्वास्थ्य सेवा कार्यालयमा भेरोसिल, मोडना खोप लगाउने कार्य पनि जारी रहेको छ । मोडना विद्यालयमा लगाउने गरिए पनि हिमपातका कारण विद्यालय वन्द भएका वेला जिल्ला स्वास्थ्य सेवा कार्यालयमा पनि लगाइदै आएको छ । यस अघिका ३ दिनमा लगाइएको मोडना खोपमा २ सय ९० जना १२ वर्ष देखि १७ वर्ष उमेर समुहका बालबालिकाले जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट लगाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयकी सिनियर अनमी सरिता बोहोराले  बताएकी छन् ।

हुम्ला जिल्लाका सरकारी कार्यालयका कर्मचारी संगै अग्रपंङतीमा खटीने सुरक्षाकर्मी, नेपाली सेना, भिडभाड वढी हुने कार्यालयका कर्मचारी संगै स्थानियवासीले अहिले जिल्ला  जिल्ला स्वास्थ्य सेवा कार्यालयमा  पुगी बुस्टर खोप लगाइ रहेका छन् । सो खोप लगाउनेको संख्यामा दिनमा १ सय भन्दा वढी रहेको छ ।

भिडभाड वढी हुने हुम्ला जिल्ला अदालतका कर्मचारीले पनि आज बुष्टर खोप लगाएका हुन । हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमलकुमार आचार्य सहित हुम्ला जिल्ला अदालतमा कार्यरत कर्मचारीले बुष्टर खोप लगाएका छन् ।

हुम्ला जिल्ला अदालतले अदालतको काम कार्य प्रभावित नहुने गरी जिल्ला स्वास्थ्य सेवा कार्यालयलय हुम्लालाई समय मागी सोही बमोजिम जिल्ला स्वास्थ्य सेवा कार्यालयले मंगलबार विहान ११ वजेको सयम दिए बमोजिम ११ वजे नै हुम्ला जिल्ला अदालतका कर्मचारी छोटो समयमा बुस्टर खोप लगाएका हुन ।

हुम्ला जिल्ला अदालतको काम कार्यलाई प्रभावित नहुने गरी कर्मचारीलाई छिटो छरितो बुष्टर खोप लगाइ सहयोग गर्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंह,वरिष्ठ अनमी शरिता बोहरा लगाएत जिल्ला स्वास्थ्य सेवा कार्यालयमा कार्यरत सम्पुर्ण कर्मचारी एव स्वास्थ्यकर्मीहरुलाई हुम्ला जिल्ला अदालतका श्रेस्तेदार उपसचिव कमल कुमार आचार्यले धन्यवाद दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९