राज शाही शनिबार, माघ १५, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

वनको संरक्षण र सदुपयोगमा सर्वपक्षीय सहयोग र समन्वय सधैं कायम राखौं “ भन्ने नाराका साथ डिभिजन बन कार्यालय  हुम्लाले खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा अस्थायी बन चेकपोष्ट स्थापना गरेको छ । गाउँ पालिकाको माग बमोजिम कार्यालयले सो चेकपोष्ट स्थापना गरेको हो । लामो समयदेखि स्थानीयको माग हुँदै आएको कार्यलाई कार्यालयले अस्थायी चेकपोष्ट स्थापना गरेको निमित्त जिल्ला बन अधिकृत लोकजंग शाहीले जानकारी दिए ।

गाउँपालिका भरि बनका गतिबिधिहरु हेर्नेगरि सो पोष्ट स्थापना गरिएको हो । अबैध रुपमा बनजंगलको फडानी, तस्करी हुन थालेपछि कार्यालयसंग चेकपोष्ट स्थापनाका लागि माग हुँदै आएको थियो । सो चेक पोस्टको स्थापनाले खार्पुनाथ गाउँपालिकाको.वडा न १ देखि ५ नम्बर वडासम्मको वन संरक्षण, अवैध तरिकाले हुन सक्ने वन पैदावार संकलन तथा निकासीको नियमन गर्न सहज भएको उनले बताए ।

त्यसैगरि स्थानीय जनता सेवाग्राहीले कर्यालय मार्फत प्राप्त गर्ने सेवा उपलब्ध गराउन सहज हुने  बिश्वास लिईएको उनले बताए । उक्त पोष्ट जिल्लाकै पहिलो हो । हाललाई दुई बन कर्मचारीबाट सो पोष्ट सञ्चालन हुनेछ । कर्णाली प्रदेश सरकारको पर्यटन मन्त्रालयको सचिबस्तरीय बैठकले केही दिन अगाडी ग्रामीण स्तरमा यस्ता पोष्ट स्थापना गर्ने निर्णय गरेको थियो ।

यसअघि खार्पुनाथ गाउँपालिकाको कार्यपालिकाको बैठकबाट पोष्ट स्थापनाका लागि डिभिजन बन कार्यालयलाई माग गर्ने निर्णय गरेर पशे गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९