राज शाही शनिबार, माघ १५, २०७८ मा प्रकाशित

वनको संरक्षण र सदुपयोगमा सर्वपक्षीय सहयोग र समन्वय सधैं कायम राखौं “ भन्ने नाराका साथ डिभिजन बन कार्यालय  हुम्लाले खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा अस्थायी बन चेकपोष्ट स्थापना गरेको छ । गाउँ पालिकाको माग बमोजिम कार्यालयले सो चेकपोष्ट स्थापना गरेको हो । लामो समयदेखि स्थानीयको माग हुँदै आएको कार्यलाई कार्यालयले अस्थायी चेकपोष्ट स्थापना गरेको निमित्त जिल्ला बन अधिकृत लोकजंग शाहीले जानकारी दिए ।

गाउँपालिका भरि बनका गतिबिधिहरु हेर्नेगरि सो पोष्ट स्थापना गरिएको हो । अबैध रुपमा बनजंगलको फडानी, तस्करी हुन थालेपछि कार्यालयसंग चेकपोष्ट स्थापनाका लागि माग हुँदै आएको थियो । सो चेक पोस्टको स्थापनाले खार्पुनाथ गाउँपालिकाको.वडा न १ देखि ५ नम्बर वडासम्मको वन संरक्षण, अवैध तरिकाले हुन सक्ने वन पैदावार संकलन तथा निकासीको नियमन गर्न सहज भएको उनले बताए ।

त्यसैगरि स्थानीय जनता सेवाग्राहीले कर्यालय मार्फत प्राप्त गर्ने सेवा उपलब्ध गराउन सहज हुने  बिश्वास लिईएको उनले बताए । उक्त पोष्ट जिल्लाकै पहिलो हो । हाललाई दुई बन कर्मचारीबाट सो पोष्ट सञ्चालन हुनेछ । कर्णाली प्रदेश सरकारको पर्यटन मन्त्रालयको सचिबस्तरीय बैठकले केही दिन अगाडी ग्रामीण स्तरमा यस्ता पोष्ट स्थापना गर्ने निर्णय गरेको थियो ।

यसअघि खार्पुनाथ गाउँपालिकाको कार्यपालिकाको बैठकबाट पोष्ट स्थापनाका लागि डिभिजन बन कार्यालयलाई माग गर्ने निर्णय गरेर पशे गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९