राज शाही मंगलबार, माघ ११, २०७८ मा प्रकाशित

पुर्वधार विकास कार्यालय सिमकोट हुम्लाले विभिन्न बाधा अड्चनका बाबाजुत पनि हुम्ला जिल्लाको विकासका लागी लागी परेको सोही कार्यालय प्रमुख देखि ऐडीले बताएका छन् । एका तर्फ भौगलिक विकटता र अर्को तर्फ समयमै निर्माण सामाग्री र इन्धन ढुवानी नहुँदा सडक विस्तारको काममा ढिला सुस्ती भएको प्रमुख ऐडीले बताएका छन् ।

यसका बाबजुत पनि आउदो सुक्रबार सम्म खार्पुनाथ चुवाखोला सडक अन्तरगत भित्र गहुडाको विष्फोटन गर्ने तयारी गरेको प्रमुख ऐडीले बताएका हुन । जसका लागी विष्फोटन पदार्थ जिल्लामा आइ पुगेको र ब्राहदल गुल्मको अनुमति लिई नेपाली सेना सम्बन्धित निर्माण स्थलमा पुगे पछि विष्फोटन गरीने भएको छ । जसका लागी आज ब्राह दल गुल्म रानीवन व्यारेकलाई विष्फोटकका लागी जनसक्तीको व्यवस्थाका लागी उक्त कार्यालयले पत्राचार गरेको छ । खार्पुनाथ चुवाखोला अन्तरगतको भित्रगहुडामा हाल ट्रयाक ओपन गरिएको भए पनि वर्षामा परेको पानी र हिउदमा परेको हिउले ट्रयाकलाई भत्काउदा मानिस तथा पशु वस्तु आवत जावतमा सारै कठीनाइ भएको प्रमुख ऐडीले बताएका छन् ।

सोही कार्यालयले खार्पुनाथ देखि खर्पेल गाउँ सम्मको सडक स्तरउन्नती गरी खर्पेल गाउँ सम्म गाडी पुर्याउने कार्य पनि तत्काल गर्ने जनाएको छ । हाल उक्त सडकको ट्रयाक ओपन भएको भए पनि बाढी पहिरोले उक्त सडक नाजुक अवस्थामा रहेको छ । सो सडक निर्माणका लागी कर्णाली प्रदेश सरकारबाट बजेटको व्यवस्था भई सकेकाले सोको पनि तत्काल स्तर उन्तीको कार्य थालनी गर्ने ऐडीले बताएका हुन ।

त्यसै गरी जिल्लाको मध्य क्षेत्रको सर्केगाड मारुकोर सडक निर्माण कार्य भई रहेको ऐडीले बताएका छन् । उक्त सडक सर्केगाडको गोठी र रोडीकोट हुदै मारुकोर सम्म निर्माण हुने भएको र हाल दुरतगतिमा काम संचालन भई रहेको खवर प्राप्त भएको हो ।  खार्पुनाथ देखि मारुकोर सम्मको सडक निर्माण कार्यको पनि टेन्डर आबाहान गरी सडक निर्माण कार्य पनि तत्काल गर्ने ऐडीले  बताएका छन् ।

हाल पुर्वधार विकास कार्यालय हुम्लाले संसद विकास कोषका कार्यक्रम, क्रमागत कार्यक्रम र बहुउद्देशिय कार्यक्रम पनि संचालन भइ रहेको जनाइएको छ । यी कार्यक्रम संचालन भई रहंदा हिमपात ,भौगोलिक विकटता र इन्धन अभावका कारण विकास निर्माणका काममा केही ढिला सुस्ती हुने गरेको पाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९