राज शाही मंगलबार, माघ ११, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

पुर्वधार विकास कार्यालय सिमकोट हुम्लाले विभिन्न बाधा अड्चनका बाबाजुत पनि हुम्ला जिल्लाको विकासका लागी लागी परेको सोही कार्यालय प्रमुख देखि ऐडीले बताएका छन् । एका तर्फ भौगलिक विकटता र अर्को तर्फ समयमै निर्माण सामाग्री र इन्धन ढुवानी नहुँदा सडक विस्तारको काममा ढिला सुस्ती भएको प्रमुख ऐडीले बताएका छन् ।

यसका बाबजुत पनि आउदो सुक्रबार सम्म खार्पुनाथ चुवाखोला सडक अन्तरगत भित्र गहुडाको विष्फोटन गर्ने तयारी गरेको प्रमुख ऐडीले बताएका हुन । जसका लागी विष्फोटन पदार्थ जिल्लामा आइ पुगेको र ब्राहदल गुल्मको अनुमति लिई नेपाली सेना सम्बन्धित निर्माण स्थलमा पुगे पछि विष्फोटन गरीने भएको छ । जसका लागी आज ब्राह दल गुल्म रानीवन व्यारेकलाई विष्फोटकका लागी जनसक्तीको व्यवस्थाका लागी उक्त कार्यालयले पत्राचार गरेको छ । खार्पुनाथ चुवाखोला अन्तरगतको भित्रगहुडामा हाल ट्रयाक ओपन गरिएको भए पनि वर्षामा परेको पानी र हिउदमा परेको हिउले ट्रयाकलाई भत्काउदा मानिस तथा पशु वस्तु आवत जावतमा सारै कठीनाइ भएको प्रमुख ऐडीले बताएका छन् ।

सोही कार्यालयले खार्पुनाथ देखि खर्पेल गाउँ सम्मको सडक स्तरउन्नती गरी खर्पेल गाउँ सम्म गाडी पुर्याउने कार्य पनि तत्काल गर्ने जनाएको छ । हाल उक्त सडकको ट्रयाक ओपन भएको भए पनि बाढी पहिरोले उक्त सडक नाजुक अवस्थामा रहेको छ । सो सडक निर्माणका लागी कर्णाली प्रदेश सरकारबाट बजेटको व्यवस्था भई सकेकाले सोको पनि तत्काल स्तर उन्तीको कार्य थालनी गर्ने ऐडीले बताएका हुन ।

त्यसै गरी जिल्लाको मध्य क्षेत्रको सर्केगाड मारुकोर सडक निर्माण कार्य भई रहेको ऐडीले बताएका छन् । उक्त सडक सर्केगाडको गोठी र रोडीकोट हुदै मारुकोर सम्म निर्माण हुने भएको र हाल दुरतगतिमा काम संचालन भई रहेको खवर प्राप्त भएको हो ।  खार्पुनाथ देखि मारुकोर सम्मको सडक निर्माण कार्यको पनि टेन्डर आबाहान गरी सडक निर्माण कार्य पनि तत्काल गर्ने ऐडीले  बताएका छन् ।

हाल पुर्वधार विकास कार्यालय हुम्लाले संसद विकास कोषका कार्यक्रम, क्रमागत कार्यक्रम र बहुउद्देशिय कार्यक्रम पनि संचालन भइ रहेको जनाइएको छ । यी कार्यक्रम संचालन भई रहंदा हिमपात ,भौगोलिक विकटता र इन्धन अभावका कारण विकास निर्माणका काममा केही ढिला सुस्ती हुने गरेको पाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९