राज शाही बुधबार, माघ ०५, २०७८ मा प्रकाशित

नेकपा एकिकृत समाजवादीको बैठक अदानचुली गाउँपालिको केन्द्र श्रीनगरमा बुधबार वसेको छ । पार्टी अध्यक्ष शिबराज शर्माको अध्यक्षता र सो पार्टीको कर्णाली प्रदेश सभाका प्रमुख सचेतक देवी वलीको प्रमुख आथित्यमा बैठक बसेको हो ।

उक्त पार्टीका प्रमुख बिभाग संयोजक कर्णबहादुर रोकायाका अनुसार एक दिन सञ्चालन भएको बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले आजैबाट स्टिकर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । स्टिकरमा कोरोना महामारी बिरुद्धका जनचेतानमुलक सन्देश देखि पार्टीको संगठन निर्माण र बर्तमान सत्ता गठबन्धनलाई वलियो बनाउनेसम्मका कुरा उल्लेख गरिएका छन् ।

सो अभियान जिल्लाका सात वटै गाउँपालिमा गरिनेछ । त्यसैगरि बैठकले कोरोना महामारीकाबिच सामाजिक दुरी कायम गर्दै संगठन सुदृढीकरण अभियान पनि सञ्चालन गर्ने जनाएको छ । बैठकमा जिल्ला कमिटीको पदाधिकारी र साठी प्रतिशत सदस्यहरुको उपस्थिती रहेको संयोजक रोकायाले जानकारी दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९