राज शाही बुधबार, माघ ०५, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

नेकपा एकिकृत समाजवादीको बैठक अदानचुली गाउँपालिको केन्द्र श्रीनगरमा बुधबार वसेको छ । पार्टी अध्यक्ष शिबराज शर्माको अध्यक्षता र सो पार्टीको कर्णाली प्रदेश सभाका प्रमुख सचेतक देवी वलीको प्रमुख आथित्यमा बैठक बसेको हो ।

उक्त पार्टीका प्रमुख बिभाग संयोजक कर्णबहादुर रोकायाका अनुसार एक दिन सञ्चालन भएको बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले आजैबाट स्टिकर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । स्टिकरमा कोरोना महामारी बिरुद्धका जनचेतानमुलक सन्देश देखि पार्टीको संगठन निर्माण र बर्तमान सत्ता गठबन्धनलाई वलियो बनाउनेसम्मका कुरा उल्लेख गरिएका छन् ।

सो अभियान जिल्लाका सात वटै गाउँपालिमा गरिनेछ । त्यसैगरि बैठकले कोरोना महामारीकाबिच सामाजिक दुरी कायम गर्दै संगठन सुदृढीकरण अभियान पनि सञ्चालन गर्ने जनाएको छ । बैठकमा जिल्ला कमिटीको पदाधिकारी र साठी प्रतिशत सदस्यहरुको उपस्थिती रहेको संयोजक रोकायाले जानकारी दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९