राज शाही मंगलबार, माघ ०४, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

तीन दिनदेखि सुत्केरी ब्यथाले थला परेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । ब्यथा लागेर स्वास्थ्य चौकीको प्रसुती गृहमा राखिएकी महिलालाई सुत्केरी गराउन नसकेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा गर्भवतीको उद्धार सोमवार बेलुका गरिएको हो ।

हुम्ला जिल्ला  गाउँपालिका वडा नं ३ को उनापानी गाउँकी सुत्केरी व्यथाले थला परेकी तीस वर्षकी ज्ञानी कार्कीको नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको हो  । उनी गाउँमा तीन दिनदेखि प्रसुती व्यथा लागेर थला परेकी थिईन । ब्यथा लागेको खवर आएपछि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्त्ररगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

स्थानीय स्वास्थ्यकर्मीले सुत्केरी गराउनका लागि निक्कै प्रयास गरेको भएपनि आबश्यक सामाग्रीको अभाव भएको कारण जिल्ला अस्पताल वा जिल्ला बाहिर रिफर गरिएको थियो । सञ्चार सम्पर्क कठिनाई भएको कारण पनि उनको उद्धारमा कठिनाई भएको थियो ।

हेलिकोप्टरबाट सुर्खेत उद्धार भएपछि उहाँका परिवारका सदस्यले आमा र शिशु बाँच्ने आशा जागेको बताएका छन ।  अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले हेलिकोप्टर उद्धारका लागि लागेको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्नेे बताएकी छन्  ।

हुम्लामा वर्षेनी उक्त कार्यक्रमले सात देखि आठ जना सुत्केरी हुन नसकेकी महिलाको उद्धार गरेर ज्यान बचाउने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९