राज शाही मंगलबार, माघ ०४, २०७८ मा प्रकाशित

तीन दिनदेखि सुत्केरी ब्यथाले थला परेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । ब्यथा लागेर स्वास्थ्य चौकीको प्रसुती गृहमा राखिएकी महिलालाई सुत्केरी गराउन नसकेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा गर्भवतीको उद्धार सोमवार बेलुका गरिएको हो ।

हुम्ला जिल्ला  गाउँपालिका वडा नं ३ को उनापानी गाउँकी सुत्केरी व्यथाले थला परेकी तीस वर्षकी ज्ञानी कार्कीको नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको हो  । उनी गाउँमा तीन दिनदेखि प्रसुती व्यथा लागेर थला परेकी थिईन । ब्यथा लागेको खवर आएपछि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्त्ररगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

स्थानीय स्वास्थ्यकर्मीले सुत्केरी गराउनका लागि निक्कै प्रयास गरेको भएपनि आबश्यक सामाग्रीको अभाव भएको कारण जिल्ला अस्पताल वा जिल्ला बाहिर रिफर गरिएको थियो । सञ्चार सम्पर्क कठिनाई भएको कारण पनि उनको उद्धारमा कठिनाई भएको थियो ।

हेलिकोप्टरबाट सुर्खेत उद्धार भएपछि उहाँका परिवारका सदस्यले आमा र शिशु बाँच्ने आशा जागेको बताएका छन ।  अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले हेलिकोप्टर उद्धारका लागि लागेको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्नेे बताएकी छन्  ।

हुम्लामा वर्षेनी उक्त कार्यक्रमले सात देखि आठ जना सुत्केरी हुन नसकेकी महिलाको उद्धार गरेर ज्यान बचाउने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९