राज शाही बिहिबार, पौष २९, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीका जेटिएको निधन भएको छ । वर्ष ३० का गंगबहादुर वुढा विगत ४ वर्ष देखि स्नोल्याण्ड एकिकृत विकास केन्द्रमा जेटिए पदमा कार्यरत रहेका थिए ।

निजको कानमा समस्या आए पछि उपचारकै क्रममा रहेका थिए । सोही क्रममा पौष २४ गते हुम्ला आइ आफ्नो घर सर्केगाड गाउँ पालिका वडा नं ७ पुमा गाउँमा गएका थिए । सोही क्रम विहिवार विहान असामहिक निधन भएको छ ।

निजका ३ महिनाकी १ छोरी र १ श्रीमती रहेको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले बताएका छन । स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाका लगनशिल, शिष्ट, मृदुभाषी स्टाफ परिवार सदस्य गंगा बहादुर वुढाको कलिलो उमेरमा असमाहिक निधनले रेडियो कैलास र स्नोल्याण्ड एकिकृत विकास केन्द्र परिवार स्तब्ध बनाएको छ ।

निजको मृत आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैरे धारण गर्ने शक्ती प्रधान गरुन भनी रेडियो कैलास तथा स्नोल्याण्ड एककृत विकास केन्द्र एस आइ डीसी परिवार हार्दिक श्रद्दान्जली अर्पर्ण गर्दछ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९