राज शाही बिहिबार, पौष २९, २०७८ मा प्रकाशित

हुम्ला

स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीका जेटिएको निधन भएको छ । वर्ष ३० का गंगबहादुर वुढा विगत ४ वर्ष देखि स्नोल्याण्ड एकिकृत विकास केन्द्रमा जेटिए पदमा कार्यरत रहेका थिए ।

निजको कानमा समस्या आए पछि उपचारकै क्रममा रहेका थिए । सोही क्रममा पौष २४ गते हुम्ला आइ आफ्नो घर सर्केगाड गाउँ पालिका वडा नं ७ पुमा गाउँमा गएका थिए । सोही क्रम विहिवार विहान असामहिक निधन भएको छ ।

निजका ३ महिनाकी १ छोरी र १ श्रीमती रहेको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले बताएका छन । स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाका लगनशिल, शिष्ट, मृदुभाषी स्टाफ परिवार सदस्य गंगा बहादुर वुढाको कलिलो उमेरमा असमाहिक निधनले रेडियो कैलास र स्नोल्याण्ड एकिकृत विकास केन्द्र परिवार स्तब्ध बनाएको छ ।

निजको मृत आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैरे धारण गर्ने शक्ती प्रधान गरुन भनी रेडियो कैलास तथा स्नोल्याण्ड एककृत विकास केन्द्र एस आइ डीसी परिवार हार्दिक श्रद्दान्जली अर्पर्ण गर्दछ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९