राज शाही बिहिबार, पौष २९, २०७८ मा प्रकाशित

हुम्ला

प्रहरी नायव उपरिक्षक हेरम्भ शर्मा टोलटोलमा माईकिङ गर्दै आफै खटिएका छन । सबैतिर कोरोना बिरुद्ध सर्तकता अपनाउन केन्द्रीय कोरोना –१९ संकट व्यवस्थापन केन्द्रले उर्दी जारी गरेपछि जिल्लामा प्रनाउ शर्मा आफै स्थलगत रुपमा खटिएका हुन ।

प्रनाउ शर्माले जिल्लामा कोरोना सङक्रमण भित्रिन नदिन र सबैलाई सचेत रहनका लागि जनचेतना फैलाउन आफु टोल टोलमा पुगेर माईकिङ गर्ने कार्यमा खटिएको जानकारी दिए । उनको नेतृत्वमा दश जना प्रहरी कोरोना बिरुद्धका जनचेतान मुलक सन्देश सुनाउदै सडकमै ओर्लेको हो । उनले हालसम्म जिल्ला कोरोना मुक्त रहेको बेला यसलाई कसरी बचाई राख्ने भन्ने कुरा नागरिकलाई पनि जानकारी दिन यो अभियान प्रहरीले दैनिक जारी राख्ने बताए ।

उनले जनचेतना फैलाउन निस्कने क्रममा बाटोमा भेटिएका नागरिकलाई सामाजिक दुरी कायम गर्न, माक्सको प्रयोग अनिवार्य गर्न, सरकारी कार्यालयमा सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्न, कोरोना लक्षण देखिना साथ स्वास्थ्यकर्मीको सम्पर्क रहन, सावुन पानीले पटक पटक हात धुन, काम नपरि सार्वजनिक स्थलमा ननिस्कन, पच्चीस जना भन्दा बढी जम्मा हुने गरि भिडभाड नगर्न आग्रह गर्ने गरेका थिए ।

उनलेको नेतृत्वमा प्रहरी कार्यालयबाट निस्केको प्रहरीको टोली, महिला छात्रावास, काठेचुली, बालमन्दिर कालीचोक, लोकतन्त्र, एयरपोर्ट, बिजय होटेल, तीनधारा, लादेबाडा टोलसम्म कोरोना बिरुद्धका सन्देस माईकिङ गर्दै निस्कन दुई घण्टा समय लगाएको थियो । प्रहरीले कोरोना बिरुद्धका सन्देश पनि सुनाएको थियो । प्रहरीले यो अभियान अब दैनिक रुपमा सञ्चालन गर्ने जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९