राज शाही बुधबार, पौष २८, २०७८ मा प्रकाशित

शसस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोटले उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययनरत चालीस जना बिधार्थीहरु मार्फत भुकम्प सम्बन्धि जानकारी दिने अभिमुखीकरण बुधवार सञ्चालन गरेको हो ।  विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई भुकम्प सम्वन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । भुकम्पबाट सुरक्षित रहन र समुदायमा यसको जनचेतना फैलाउनका लागि उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

सशस्त्र प्रहरी बलको आयोजनामा सञ्चालन भएको उक्त अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश आचार्य र सशस्त्र प्रहरी नायव उपरिक्षक भण्डारीले भुकम्पका वारेमा सहजिकरण गरेका थिए । प्रजिअ शर्माले भुकम्पका बारेमा बिधार्थीहरु मार्फत सन्देश दिदा सिधै समुदायमा पुग्ने भएको कारण यस्ता कार्यक्रम जरुरी रहेको बताए । कार्यक्रममा सहभागी बिधार्थीहरुले पनि भुकम्पका बारेमा जिज्ञासा राख्ने कार्य भएको थियो । दोस्रो चरणमा मानसरोवर माविका बिधार्थीहरुर सशस्त्र प्रहरीलाई समेत सो अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

शसस्त्र प्रहरी नायव उपरिक्षक गेहेन्द्र भण्डारीले भुकम्प दिवसको पुर्वसन्ध्यामा बिधार्थीहरु मार्फत भुकम्पका बारेमा जानकारी दिन सुरु गरिएको जानकारी दिए । राष्ट्रिय भुकम्प दिवस माघ २ गते आउदैछ । उनले पहिलो चरणमा महाबौद्ध माविका चालीस जना छात्रछात्रालाई भुकम्प सम्वन्धि अभिमुखीकरण गरिएको बताए । कार्यक्रममा प्रकोपका वारेमा जानकारी, भुकम्प भनेको के हो ? भुकम्पबाट बच्ने उपाय, कसरी सुरक्षित रहन सकिन्छ भन्ने तरिका, भुकम्प प्रतिरोधी घर निर्माण, उद्धार लगाएका बिषयमा सहभागीलाई जानकारी गराउने कार्य भएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९