राज शाही आइतबार, पौष १८, २०७८ मा प्रकाशित

 

नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले सेनाको ६ दिने अभिमुखिकरण तालिम सुरु भएको छ ।

आइतबार सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वाटरमा कमाण्ड सेनापति उपरथी प्रेम शाहीले शुभारम्भ गरेको अभिमुखिकरण कार्यक्रममा विभिन्न सञ्चार माध्यमका १९ रक्षा संवाददाताहरु सहभागी छन् । उक्त कार्यक्रम २३ गते सम्म चल्ने छ ।

नेपाली सेनाको साङ्गठनिक स्वरुप,भुमिका,  जिम्मेवारी तथा नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा जानकारी दिने एवं समाचार सम्प्रेषण गर्दा स्पष्ट होस् भन्ने उद्देश्यका साथ संचालन गरिएको कार्यक्रममा पश्चिम कमाण्ड हेडक्वाटरका रथीवृन्द तथा अधिकृतहरुको उपस्थित रहेको थियो ।

उक्त अभिमुखिकरण कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम,  कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया सहितको जानकारी मुलक कार्यक्रम सञ्चालन गर्नुका साथै दैलेक जिल्लास्थित गढी, भेरी डाईभर्सन तथा बर्दिया राष्ट्रिय निकुञ्जको फिल्ड भिजिट समेत गराउने योजना रहेको नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९