राज शाही शुक्रबार, पौष १६, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

ठुलो मान्छे होइन असल मान्छे बनौ भन्ने मुल नाराका साथ ४६ औ मेलमिलाप दिवश २०७८ हुम्ला जिल्लामा भव्यरुपमा मनाइएको छ । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा माइन १२ डिग्री तापक्रममा पनि ४६ औ मेलमिलाप दिवस मनाइएको हो । विपी चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु बस्नेत शाहीको अध्यक्षतामा र नेपाली काँग्रेसका पाटि सचिव कृष्णबहादुर बोहराको प्रमुख आतिथ्यमा उक्त दिवश सुक्रबार विहान ८ बजे विपि चिन्तन प्रतिष्ठानको भवनमा मनाइएको हो ।

प्रजातान्त्रिक आन्दोलन र संघर्षहरूलाई एकाएक रोकी ‘राष्ट्रिय मेलमिलापको नीति’ लिएर स्वदेश फर्कने बीपी कोइरालाको निर्णयले धेरैलाई आश्चर्यमा पारेको थियो ।  भारतको बनारसमा एक बिहान सधैंझैं पारिवारिक चियापानमा बीपीले जब स्वदेश फर्कने कुरा सुनाए, राष्ट्रिय मेलमिलापको नीतिप्रति अनेक अफवाह फैलाइए । कतिपयले ‘राजासमक्ष आत्मसमर्पण’ भने । यस्तो भन्नेमध्ये अधिकांश वामपन्थी थिए । कतिपयले भारतमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाएपछिको बाध्यात्मक परिस्थितिको उपज ठाने । पञ्चहरूको एउटा समूहले त बीपीलाई ‘फाँसी दिनुपर्छ’ भनी पञ्च भेलाबाट प्रस्ताव नै पारित गरेको थियो  भन्ने भनाइ विपि चिन्तन प्रतिष्ठानका सल्लाहकार समितिका संयोजक राजबहादुर वुढाले बताएका थिए ।

बीपी दक्षिण एसिया ‘अशान्त क्षेत्र’ बन्दै गएको निष्कर्षमा पुगेका थिए । त्यतिखेर उनको विश्लेषणप्रति प्राय: सहमत देखिन्थेनन् ।उनको विचारमा, राजाले आफू सुदृढ रहेको महसुस गरेका थिए । विदेशमा पनि राजाको स्थिति बलियै मानिन्थ्यो । त्यस्तै, भारतमा इन्दिरा गान्धी एकदम बलियी थिइन् । यस क्षेत्रमा जो–जो शक्तिशाली देखिन्थे, एक–एक गर्दै या त चुनाव हारे या सत्ताबाट हटाइए या हत्या गरिए या फाँसीमा चढाइए । यिनै सन्दर्भलाई बीपीले गम्भीरताका साथ लिन सजग गराएका थिए भन्दै  विपि चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु बस्ने शाहीले बताएकी थिइन ।

हाम्रो देश अहिले राष्ट्रिय संकटमा छ । हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति थियो, आज यसमा एउटा नयाँ आयाम थपिएको छ, नेपाली कांग्रेसलाई दोहोरो जिम्मेवारी आइपरेको छ। ’ त्यसैले राष्ट्रवादी शक्ति र प्रजातन्त्रवादी शक्तिहरूबीच राष्ट्रिय मेलमिलापका लागि उनले अपिल गरेका थिए । त्यसैलाई पञ्चहरूको उग्रपक्षले पनि विरोध गरेको थियो भन्ने भनाइ  नेपाल कर्मचारी युनियनका जिल्ला अध्यक्ष विशाल वोहराले बताए ।

नयाँ परिस्थिति अनुरूप, नयाँ राजनीतिक दृष्टिकोण उत्पन्न गर्ने उद्देश्यले (स्वदेश) फर्किंदै छु ।’ उनको ‘हामी हाम्रो सिद्धान्त, आदर्श र मूल्य–मान्यतामा सम्झौता गर्दैनौं, तर हाम्रो विचार अनुरूप लक्ष्यप्राप्तिको उपायका सम्बन्धमा विचार गर्न सक्छौं’ उक्तिबाट स्पष्ट हुन्छ, उनको स्वदेशफिर्ती विरोधीहरूले प्रचार गरे जस्तो राजासँगको आत्मसमर्पण थिएन । राष्ट्रमा संकट नआओस् भनेर राष्ट्रिय एकताका निम्ति उनको विवेकले ठहर गरेको निर्णय थियो नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कैलास रोकायाले  बताए ।

‘प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । मलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ ।’ निर्दलीय व्यवस्थाको चरमोत्कर्षमा उनको यस्तो विश्लेषणलाई धेरैले हल्का ढंगले लिएका थिए । समय बित्दै जाँदा उनका भनाइ, तर्क र भविष्यवाणी बेजोड साबित भए, भइरहेका छन् । उनको व्यक्तित्व, तीक्ष्ण बौद्धिकता, राजनीतिक सोचलाई (बीपी) एकसाथ राजनीतिशास्त्री, राजनेता र नीतिद्रष्टा थिए  भन्दै नेपाल पत्रकार महासंघ हुम्लाका कार्यवाहक अध्यक्ष राज शाहीले आफ्नो भनाइ यसरी राखेका थिए ।

उक्त कार्यक्रममा बोल्ने वक्ताले विपिको मेमिलाप निती अहिले पनि सान्द्रभिक भएका वताएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका शुभेछुक भात्री तथा भेगेनी  संस्थाका पदाधिकारीको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९