राज शाही बुधबार, पौष १४, २०७८ मा प्रकाशित

हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नम्वर ६ की ३० वर्षिया मृगौला पिडित घोगीसरा नेपालीलाई हाल आर्थिक समस्या भएपछि उपचारमा समस्या भएको छ । मृगौलामा समस्या आएपछि आर्थिक अभावकै कारण रोग सन्चो नगरेरै घर फर्कनु परेको पीडितको गुनासो रहेको छ ।

आर्थिक जुटाउन नसकेपछि उपचारमा समस्या भएको छ । आर्थिकको अभावले केही दिनदेखि सुर्खेत जिल्लामै रहेकी नेपालीले भनिन, कसैको सहयोग नरहेपछि आफ्नै रोग लिएर हुम्ला फर्केको बताएकी छन । उनका अनुसार केहि दिन अघि प्रदेश अस्पताल सुर्खेतबाट नेपालगंज मेडिकल कलेज रिफर गरीएको थियो । उपचार सम्भव छैन् डाक्टरले घर लैजान भनेपछि सवैलाई हारगुहार गरेर जिल्ला फर्कनु परेको श्रीमान खुमबहादुर नेपालीले बताएका छन ।

पीडितले आर्थिक सहयोगका लागि स्थानीय तह लगायत विभिन्न निकायसंग हार गुहार गर्दा पनि कसैको सहयोग नरहेको गुनासो गरेका छन् । मृगौला पीडित नेपालीले यस अघि ज्याला मज्दुरी गरेर कमाएको झण्डै २ लाख रुपैया हुँदासम्म आफ्नो उपचार गरियो तर त्यस यता निक्कै सास्ती भएको बताइएको छन ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९