राज शाही मंगलबार, पौष १३, २०७८ मा प्रकाशित

हुम्ला

संसारका श्रमिकहरु एक हौ एकिकृत जनक्रान्ति जिन्दावाद बैज्ञानिक समाज जिन्दावाद भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति हुम्लाको अन्तरक्रिया कार्यक्रम संचालन भएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डिसिसियस सिदान्तले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति हुम्लाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा उनले यस्तो आरोप लगाएका हुन् ।

२००७ साल, २०४६ साल र २०६२/०६३ को जनआन्दोलने व्यवस्था परिवर्तन ल्याएको र परिवर्तनका लागि लड्ने नेताहरूले राष्ट्रघात गरेको उनले बताए । ‘जनताले ठूलो बलिदानबाट राज्यको परिवर्तन गर्ने गरेका छन् । त्यो सुशासन र विकासका लागि हो ।’ उनले भने, ‘तर नेताहरुले कहिले गण्डक, कोसी र कर्णाली बेचेका छन् । अहिले एमसीसीका नाममा पनि त्यस्तै हुँदैछ उनले भनेका छन् ।

सोही कार्यक्रममा उद्योग बाँणिज्य संघका अध्यक्ष छक्कबहादुर रोकायाले व्यापारी कर्मचारी शिक्षक लगाएतबाट चन्दा उठाइ आफ्नो कार्यक्रम संचालन गर्ने जो कोहीले दलाल पुजीवादी भन्न नमिल्ने भनेका थिए ।

हुम्ला जिल्लाका पुर्व डिसिएस निर्माणले नेपालमा २०४६ सालदेखि जनताको दुःख दिने संसदीय व्यवस्थाको सुदृढ गर्न फेरि स्थानीय चुनावको चर्चा गरिएको भन्दै उनले स्थानीय चुनावले जनताको समस्या समाधान नहुने ठोकुवा गरे । स्थानीय चुनाव संसदीय चुनाव नभएर जनताको लागि वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने जनमतसंग्रह गर्न आग्रह गरे । ‘अब व्यवस्था परिवर्तनका लागि जनमत संग्रह हुन जरुरी छ । यहाँ कहाँको स्थानीय तहको निर्वाचनको कुरा गरिरहेका छन् । ‘जनताले के चाहेका छन् भन्ने उनीहरूले बुझेका छैनन् भन्दै हुम्ला जिल्लाका पुर्व डिसिएस निर्माणले  वताएका छन् ।

नेपाल पत्रकार महासंघका जिल्ला कार्यवाह अध्यक्ष राज शाहीले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन् । मानसरोवर होटलमा मंगलबार आयोजित अन्तरक्रिया लाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष शाहीले आफूले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गर्न र यसबाट मात्र क्रान्ति सम्भव रहेको सुझाव दिएको बताए ।

अन्तरक्रिया कार्यक्रम आज दिनको २ बजे हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको मानसरोवर होटलमा संचालन भएको थियो । कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीको निउन उपस्थित रहेको थियो । पत्रकार,मानवअधिकारकर्मी, स्वास्थ्यकर्मी  लगाएत नेपाल कम्युनिष्ट पार्टी प्रति आश्था राख्ने व्यक्तीहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९