राज शाही मंगलबार, पौष १३, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

संसारका श्रमिकहरु एक हौ एकिकृत जनक्रान्ति जिन्दावाद बैज्ञानिक समाज जिन्दावाद भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति हुम्लाको अन्तरक्रिया कार्यक्रम संचालन भएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डिसिसियस सिदान्तले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति हुम्लाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा उनले यस्तो आरोप लगाएका हुन् ।

२००७ साल, २०४६ साल र २०६२/०६३ को जनआन्दोलने व्यवस्था परिवर्तन ल्याएको र परिवर्तनका लागि लड्ने नेताहरूले राष्ट्रघात गरेको उनले बताए । ‘जनताले ठूलो बलिदानबाट राज्यको परिवर्तन गर्ने गरेका छन् । त्यो सुशासन र विकासका लागि हो ।’ उनले भने, ‘तर नेताहरुले कहिले गण्डक, कोसी र कर्णाली बेचेका छन् । अहिले एमसीसीका नाममा पनि त्यस्तै हुँदैछ उनले भनेका छन् ।

सोही कार्यक्रममा उद्योग बाँणिज्य संघका अध्यक्ष छक्कबहादुर रोकायाले व्यापारी कर्मचारी शिक्षक लगाएतबाट चन्दा उठाइ आफ्नो कार्यक्रम संचालन गर्ने जो कोहीले दलाल पुजीवादी भन्न नमिल्ने भनेका थिए ।

हुम्ला जिल्लाका पुर्व डिसिएस निर्माणले नेपालमा २०४६ सालदेखि जनताको दुःख दिने संसदीय व्यवस्थाको सुदृढ गर्न फेरि स्थानीय चुनावको चर्चा गरिएको भन्दै उनले स्थानीय चुनावले जनताको समस्या समाधान नहुने ठोकुवा गरे । स्थानीय चुनाव संसदीय चुनाव नभएर जनताको लागि वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने जनमतसंग्रह गर्न आग्रह गरे । ‘अब व्यवस्था परिवर्तनका लागि जनमत संग्रह हुन जरुरी छ । यहाँ कहाँको स्थानीय तहको निर्वाचनको कुरा गरिरहेका छन् । ‘जनताले के चाहेका छन् भन्ने उनीहरूले बुझेका छैनन् भन्दै हुम्ला जिल्लाका पुर्व डिसिएस निर्माणले  वताएका छन् ।

नेपाल पत्रकार महासंघका जिल्ला कार्यवाह अध्यक्ष राज शाहीले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन् । मानसरोवर होटलमा मंगलबार आयोजित अन्तरक्रिया लाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष शाहीले आफूले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गर्न र यसबाट मात्र क्रान्ति सम्भव रहेको सुझाव दिएको बताए ।

अन्तरक्रिया कार्यक्रम आज दिनको २ बजे हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको मानसरोवर होटलमा संचालन भएको थियो । कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीको निउन उपस्थित रहेको थियो । पत्रकार,मानवअधिकारकर्मी, स्वास्थ्यकर्मी  लगाएत नेपाल कम्युनिष्ट पार्टी प्रति आश्था राख्ने व्यक्तीहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९