राज शाही बुधबार, मंसिर २९, २०७८ मा प्रकाशित

नेपाल स्वास्थ्यकर्मी संघ हुम्लाले सहमतीमा नेतृत्व चयन गरेको छ । विहिवार दिनको २ वजेबाट वन्द सत्र सुरु भएको नेपाल स्वास्थ्यकर्मी संघको बैठकले खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीको अध्यक्षतामा २२ सदसिय नेपाल स्वास्थ्यकर्मी संघ गठन गरेको हो ।

उक्त गठन हिमाली जिल्ला हुम्लामा गरिएको हो । जसमा अध्यक्ष वलि राज शाही १,  उपाध्यक्ष ६ जनामा रविन्द देवकोटा, सुहाना हमाल, नन्दबहादुर शाही, छक्कबहादुर रोकाया, लक्ष्मी शाही र लुण्डुब दोर्जे लामा रहेका छन् । सचिवमा विनोद वुढा,  सहसचिव ४ जनामा विरसिंह रावल, जयकली जेठारा, निराजन शाही र नरकली टमटा रहेका छन । कोषाअध्यक्षमा रविजंग शाही र ९ जना सदस्य गरी २२ सदसिय नेपाल स्वास्थ्यकर्मी संघ हुम्ला गठन गरिएको हो ।

अहिले वेलुका ४ वजे घोषणा सभा गरीएको थियो । घोषणा सभाका अध्यक्ष नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष वलिराज शाहीको र प्रमुख आतिथ्य नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कैला रोकायाको रहेको थियो । नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति सर्वसहमतीबाट चयन भएको घोषणा गर्दै नेपाल शिक्षक संघका अध्यक्ष एव सोही कार्यक्रमका प्रमुख अतिथि कैलास रोकायाले  बताएका छन् ।उक्त घोषणा सभा विपि स्मृती भवनमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९