राज शाही मंगलबार, मंसिर २८, २०७८ मा प्रकाशित

६ दिन देखि हराएकी एक महिला भेटिएकी छन । रेडियो कैलासबाट मंसिर २७ गते महिला हराएको समाचार संप्रेसण भए सँगै जिल्ला प्रहरी कार्यालय हुम्ला प्रमुख डिएपी हेरम्ब सर्माले हुलिया सहितको महिलाको बारेमा जिल्ला प्रहरी कार्यालयका मातहतका प्रहरी चौकीलाई खोजतलासका लागी आग्रह गरे पछि ति महिला भेटिएकी हुन ।

जिल्ला प्रहरी कार्यालय मातहदका प्रहरी चौकीहरुले संभावित क्षेत्रमामा खोजतलासलाई तिव्रता पारे पछि प्रहरी चौकी ठेहेले फेला पारेका हुन । निजलाई प्रहरी चौकी दोजामले सिमकोट गाउँ पालिका वडा नं १ र २ को ठेहेमा भेटाए पछि निजलाई आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक हेरम्ब सर्माले जानकारी गराएका छन् ।

भेटिने महिलामा नाम्खा गाउँ पालिका वडा नं १ हेप्का गाउँ १ निवासी वर्ष ३५ की लेमा छोइ तामाङ रहेकी छन् । निज गत मंसिर २२ गते आफ्नी आमालाई काठमाण्डौ पुर्याउनको लागी सिमकोट आएकी र सिमकोट बाटै हराएको आफन्त कार्मातण्डुप लामाले यस अघि रेडियो कैलासलाई जानकारी गराएका थिए ।

प्रहरीको यस किसिमको कार्यले हुम्ली जनताका लागी प्रहरी संदैव जिउज्यानको सुरक्षाको लागी खटिरहेको हुम्लीलाई अनुभुती भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९