राज शाही आइतबार, मंसिर २६, २०७८ मा प्रकाशित

दुइ चरणमा संचालन भइ रहेको मतदाता नामवली संकलन कार्यको पहिलो चरणको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । जिल्लाका ३ वटा गाउँ पालिकामा पहिलो चरणको मतदाता नामावली संकलन कार्य भएको थियो ।

पहिलो चरणमा मतदाता संकलन हुनेमा ताँजाकोट,सर्केगाड र नाम्खा गाउँ पालिका रहेका थिए । यी गाउँ पालिकामा गत मंसिर १७ गतेबाट सरु भई आज आइतबार सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी ओमप्रसाद महत्वले बताएका छन् ।

जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँ पालिकामा पहिलो चरणको फोटो सहितको मतदाता नामवली संकलन कार्य सम्पन्न भएको सोही गाउँ पालिका खटिएका कर्मचारी सन्तोष जेठाराले बताएका छन् । नाम्खा गाउँ पालिकामा महिला ४० र पुरुष ४३ जना गरी ८३ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जेठाराले बताएका छन् ।

त्यसै गरि दोश्रो चरणमा जिल्लाका ३ वटा गाउँ पालिकामा मंसिर २९ गतेबाट संचालन हुने भएको छ । मंसिर २९ गतेबाट संचालन हुने गाउँ पालिकामा खार्पुनाथ,चंखेली र अदानचुली गाउँ पालिका रहेका छन् ।

सिमकोट गाउँ पालिका सहित अन्य छुटफुटका लागी जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्बाचन कार्यालयमा नियमित भई रहेको जिल्ला निर्बाचन अधिकारी महत्तले बताएका हुन । हुम्ला जिल्लामा पहिलो चरणमा भएको मतदाता नामावली संकलन कार्यमा कुनै बाधा अवरोध नभइ सुवार्द पुर्ण बातावरणमा संचालन भएको नाम्खा गाउँ पालिका फोटो सहित मतदाता नामावलीमा खटिएका कर्मचारी सन्तोष जेठाराले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९