राज शाही शुक्रबार, मंसिर २४, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाली काँग्रेसको १४ औ महाधिवेसनको अवसर पारेर हुम्लामा ४८ जना नेपाली काँग्रेस प्रवेस गरेका छन । २ वटा निर्वाचन क्षेत्र रहेको हुम्लामा ख नम्वर क्षेत्र नेपाली काँग्रेसको पकड भएको क्षेत्र हो । हाल कर्णाली प्रदेशका मुख्य मन्त्री जीवनबहादुर शाहीको निर्वाचन क्षेत्र पनि हो । त्यसैले पनि हुम्लाको ख नम्वर क्षेत्रमा काँग्रेसको पकड वलियो रहेको मानिन्छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट ४८ जना नेता कार्यकर्ताले नेपाली काँग्रेस प्रवेश गरेको जिल्लाको ख नम्बर क्षेत्रको उत्तरी  नाम्खा गाउँ पालिकाका विभिन्न गाउँबाट नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस नाम्खा गाउँ पालिका वडा नं ५ का वडा इकाइ सभापति ज्ञाम्जु तामाङले बताएका छन् ।

नेपाली काँग्रेस नाम्खा गाउँ पालिका वडा नं ५ वडा इकाइको आयोजनामा संचालित चाला, मुचु, यारी, यालबाङ, याङगार लगाएतका गाउँमा घर दैलो कार्यक्रमा अन्य पाटीका ४८ जनाले नेपाली काँग्रेस प्रवेश गरेको वडा इकाइ सभापती तामाङले बताएका छन् ।

नाम्खा गाउँ पालिका वडा नं ५ नेपाली काँग्रेस गाउँ इकाइले मंसिर १० गते देखि २३ गते सम्म नाम्खा गाउँ पालिकाको मुचु, चाला, यारी, याल्बाङ, याँङगारमा घरदैलो कार्यक्रम संचालन गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९