राज शाही शुक्रबार, मंसिर १७, २०७८ मा प्रकाशित

हुम्ला जिल्लामा ७ वटा गाउँ पालिका र ४४ वटा वडाहरु रहेका छन् । भौगलिक विकटताका कारण हुम्ला जिल्लामा दुई चरणमा फोटो सहितको मतदाता नामवली संकलन गरिदै छ  । हुम्लाका ३ वटा गाउँ पालिकामा फोटो सहितको मतदाता नामवली संकल कार्य सुक्रबारबाट सुरु भएको छ ।

पहिलो चरणमा ताँजाकोट, सर्केगाड र नाम्खा गाउँ पालिकामा मतदाता नामवली संकलन कार्य आज सुक्रबारबाट सुरु भएको जिल्ला निर्वाचन अधिकारी ओम प्रकास महतोले  बताएका छन् । मतदाता नामवली संकलन विशेष कार्यक्रम संचालन मापदण्ड २०७८ अन्तरगत मतदाता नामवली संकलन कार्यक्रम रहेको निर्वाचन अधिकारी महतोले बताएका हुन ।

मतदाता नामवलीमा आफ्नो नाम दर्ता गर्नका लागी १६ वर्ष उमेर पुरा भई नेपाली नागरिकता प्राप्त गरेको नागरिकले स्वयम आफै फोटोसहितको मतदाता नामवली संकलन केन्द्रमा उपस्थित भई आफ्नो नाम दर्ता गराउन सक्ने भएका छन् ।

हुम्ला जिल्लाका स्थानिय तहमा दोश्रो चरणको फोटो सहित मतदाता नामवली संकलन कार्य चंखेली, खार्पुनाथ र अदानचुलीमा आगामी मंसिर २९ गतेबाट सुरु हुने भएको छ । जसका लागी खार्पुनाथ गाउँ पालिकामा सन्तोस जेठारा, अदानचुली गाउँ पालिकामा दलबहादुर शाही र चंखेली गाउँ पालिकामा बाँचबहादुर बोहरा दर्ता कर्मचारीको रुपमा खटिएका छन् ।

सिमकोट गाउँ पालिकाको लागी जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्बाचन कार्यालयबाट मतदाता नामवली संकलन नियमित भइरहेको छ  ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९