राज शाही बुधबार, मंसिर १५, २०७८ मा प्रकाशित

हुम्लाको कर्णाली नदीमा मानव कंकाल भेटीएको छ । उक्त कंकाल मंसिर १३ गते वेलुका अवेर भेटिएको हो प्रहरी निरिक्षक दानसिह भण्डारीले बताएका छन् । उनका अनुसार मंसिर १३ गते अवेर गरी भेटिदा कर्णाली नदिबाट ननिकालिएको बताएका छन् । १३ गते अंध्यारो भएकाले कर्णाली नदिबाट ननिकाली १४ गते विहानै निकालेको बताएका हुन ।

१३ गते निकाल्दा राती भएको र राती प्रमाणहरु नष्ट हुन सक्ने भएकाले ननिकालिएको र १४ गते विहानै निकालिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक भण्डारीले बताएका हुन । मंसिर १४ गते सो शव निकाली सोही दिननै सदरमुकाम सिमकोट ल्याइएको हो । उक्त शव खार्पुनाथ गाउँ पालिका वडा नं १ बोक्चे गहुडा खण्डको मोति विसउना भन्ने कर्णाली नदिएमा भेटिएको हो ।

वटुवाले कर्णाली नदिको तिरमा मानव कंकाल झुण्डिएको देखेपछि प्रहरीलाई खवर गर्दा सुरक्षाकर्मी सोही ठाउँमा पुगी कंकाल वरामद गरेको थियो । सो कंकाल डिएनयका लागी आज जिल्ला स्वास्थ्य कार्यालय हुम्लामा पठाइएको प्रहरी निरिक्षक भण्डारीले बताएका छन् । उक्त कंकाल को कसको हो भन्न सक्ने अवस्था नभएकाले डियनए पछि मात्र थाहा हुने भएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९