राज शाही आइतबार, मंसिर १२, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाल शिक्षक संघमा १४ जनाले आवदता जनाएका छन् । नेपाल शिक्षक संघ खार्पुनाथ गाउँ पालिकाको नियमित बैठकमा १३ जना शिक्षकले नयाँ रसिद लिएको खार्पुनाथ गाउँ पालिका हुम्लाका शिक्षक संघका अध्यक्ष धिरेन्द्र शाहीले बताएका छन् ।

नयाँ आवदता जनाउने शिक्षकमा रत्न रोकाया, रामजन रावल  र सुरेन्द्र रावल संकर आधारभुत विद्यालय थालीबाट, राजबहादुर शाही, जाडु वुढा मालिका माध्यामिक विद्यालय लालीबाट, डिल्ली बोहरा  मोतीराम आधारभुत विद्यालय देउखुरीबाट, बिजय  वुढा र नरेन्द्र वुढा हुम्ला माध्यामिक विद्यालय रायाबाट, मान्देव शाही, नेत्र शाही र धिरेन्द्र शाही कैलास आधारभुत विद्यालय प्युस,हिमराज वुढा भानुभक्त आधारभुत विद्यालय गोप्का,  मनसरी शाही जोगराज आधारभुत विद्यालय खार्पुनाथ ५ स्यालाबाडा र प्रेमसिह रोकाया मष्ठा देव आधारभुत विद्यालय माजाबाट नेपाल शिक्षक संघको नयाँ रसिद लिदै नेपाल शिक्षक संघमा आवदता जनाएको अध्यक्ष शाहीले बताएका छन् ।

नेपाल शिक्षक संघले खार्पुनाथ गाउँ पालिका वडा नं ३मा स्थापित हुम्ला माध्यामि विद्यालयमा शनिबार संचालन गरेको नियमित बैठकमा १३ जना खार्पुनाथ गाउँ पालिका वडा नं १ देखि ५ नं वडा सम्म कार्यरत शिक्षकले नेपाल शिक्षक संघमा नयाँ रसिद लिदै आवदता जनाएका हुन ।उक्त नियमित वैठकको अध्यक्षता खार्पुनाथ गाउँ पालिका शिक्षक संघका अध्यक्ष धिरेन्द्र शाहीको र प्रमुख आतिथ्य नेपाल शिक्षक संघका जिल्ला सचिव वृर्षबहादुर छत्यालको रहेको थियो । सोही कार्यक्रमको विशेष आतिथ्यमा हुम्ला माध्यामिक विद्यालयका प्रधानाध्यापक विपी रावलको रहेको थियो ।शनिवार दिनको ११ बजेबाट संचालित वैठकमा खार्पुनाथ गाउँ पालिका भरिका शिक्षक संघका शिक्षकहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९