राज शाही आइतबार, मंसिर १२, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रको पहिलो गाउँ सभा जिल्लाका ७ वटै गाउँ पालिकामा शनिवार एकै साथ संचालन भइको छ । जिल्लाका ७ वटा गाउँ पालिका मध्य सिमकोट गाउँ पालिकामा भव्यताका साथ जिल्ला समन्वय समितिको प्राङगणमा उत्घाटन सत्र संचालन गरेको थियो । जिल्लामा स्थापित राजनैक दल मध्य काँग्रेसका उपसभापति बसन्त रोकाया , नेकपा एमालेका छक्कबहादुर रोकायाले  आफ्नो मन्तव्य राखेका थिएख। अन्य राजनैतिक दलका प्रमुख एव प्रतिनिधिको उपस्थित रहेको थियो ।

पुर्व संसद छिमिदोर्जे लामाको प्रमुख आतिथ्यमा संचालन भएको उत्घाटन सत्र कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्रका सिमकोट गाउँ पालिका अध्यक्ष ताक्ला जिक्मेत लामा अध्यक्षतामा संचालन भएकव थियो । ११ वजे उत्घाटन सत्रको समय तोकिए पनि १ घण्टा ढीला गरी १२ वजेबाट संचालन गरीएको उत्घाटन सत्र कार्यक्रममा वोल्ने बक्ताले नेकपा माओवादी केन्द्र सिमकोट गाउँ पालिकाको सम्मेलनले जुझारु,कर्मठ,  इमान्दार हाम्रा होइन राम्रा व्यक्तीलाई छनौट गर्नका लागी शुभकामना व्यक्त गरेका थिए । शुभकामना व्यक्त गर्नेमा नेपाली काँग्रेसका जिल्ला उपसभापति बसन्त रोकाया,नेकपा एमालेका छक्कबहादुर रोकाया, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावत, नेपाल शिक्षक संघठनका केन्द्रिय सदस्य मेच बुढा लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसै गरी नेकपा माओवादी केन्द्रले प्रत्यक्ष जनाताको जनजिवीका संग सम्बन्धीत रोजगारी, वजारीकरण,  जनताको आर्थिक उन्नती हुने खालका योजना, उत्पादन मुलक कार्यक्रमलाई पाटीको रणनितिक योजना बनाउनु पर्ने उद्योक बाँणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले आफ्नो शुभकामना मन्तव्यमा राखेका थिए ।

सिमकोट गाउँ पालिका अध्यक्ष जयचन्द रोकाया,  नेकपा माओवादी केन्द्र सिमकोट पालिका अध्यक्ष ताक्ला जक्मेत लामाले सिमकोट गाउँ पालिकाको पहिलो सम्मेलनमा आकाङछि धेरै भए पनि त्यसलाई मिलाएर लिनु नै पाटी भलाइ हुने मन्तव्य राखेका थिए । पाटीमा युवाको वड्दो लहरलाई नेकपा माओवादी केन्द्रले सम्बोधन गर्दै कर्मठ इमान्दार व्यक्तित्व चयन गर्नमा सिमकोट गाउँ पालिका उपाध्यक्ष वलिरावतले आफ्नो मन्तव्यमा राखेका थिए ।

नेकपा माओवादीकै पहलमा संघियता लागु भएको र पाटीले पनि गाउँ पालिका स्तरको पहिलो सम्मेलनबाट संघितालाई लागु गर्नु पर्नेमा पुर्व संसद एव सोही कार्यक्रमका प्रमुख अतिथि छिमिदोर्जे लामाले यसरी बताएका थिए । अहिले नेपालमा केन्द्रिय, प्रदेश र स्थानिय संरचना रहेको र सोही अनुसार नेकपा माओवादी केन्द्रमा संही ढंगबाट संचालन हुनु पर्ने पुर्व संसद लामाले बताएका छन् ।

खार्पुनाथ गाउ पालिकामा नेकपा माओवादी केन्द्रको पहिलो सम्मेलनको उत्घाटन सत्र सम्पन्न भएको छ । जसको अध्यक्षता गणेश रावलको र प्रमुख आतिथ्य जिल्ला समन्वय प्रमुख दानबहादुर रावतको रहेको थियो । उत्घाटन सत्रमा नेपाली काँग्रेस नेकपा एमाले लगाएतका पाटीका प्रमुख एव प्रतिनिधिको उपस्थित रहेको हाम्रा सहकर्मी गोर्ख रोकायाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९