राज शाही बिहिबार, मंसिर ०९, २०७८ मा प्रकाशित

हुम्ला जिल्ला भरिका उत्कृष्ट उद्यमी तथा व्यवसायी पुरस्कृत  भएका छन । सफल रुपमा उद्यमी बनेर नमूना बनेका जिल्ला भरिका उद्यमी मध्य तीन जना उद्यमी व्यवसायी पुरस्कृत भएका हुन ।

उद्योग तथा उपाभोक्ता हित संरक्षण कार्यालयका प्रमुख धुर्बकुमार बाठामगरले सातौ उद्योग दिवसको अवसरमा जिल्ला भरिका उत्कृष्ट उद्यम व्यवसाय संचालन गर्ने तीन जना उद्यमी पुरस्कृत भएको जानकारी दिएका छन् । राम्रोसंग उद्योग सञ्चालन गरे आफुलाई सफल उद्यमी बनाउन सफल ब्यक्तिहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो ।

यसरी पुरस्कृत हुने उद्यमीमा नाम्खा गाउँपालिका–१ को हेक्पा गाउँका पचास वटा मौरीका घार पालेर नमूना बनेका किसान दावा लामा, न्यू सहमिल तथा फर्निचर उद्योग सफल रुपमा सञ्चालन गर्दै  आएकी सिमकोट–३ बरगाउँकी सोनाम डिकी लामा र जिल्लामै एक मात्र अल्लो प्रशोधन गरे जिल्ला बाहिर निकासी गर्न सफल अदानचुली गाउँपालिका–४ को लौठी गाउँका मण्डाल्ली अल्लो प्रशोधन उद्योगका सञ्चालक प्याउरी जैसी रहेकाी छन ।

उनीहरु तीन जनालाई क्रमश प्रशंसापत्र र नगद क्रमश ५६ हजार, ३४ हजार र ३० हजार प्रदान गरिएको हो । आफु पुरस्कृत भएपछि मण्डाल्नी अल्लो प्रशोधन उद्योगकी जैशीले व्यवासयलाई थप अगाडी बढाउन हौसला मिलेको बताएकी छन । साथै कार्यक्रममा सहभागी अन्य उद्यमीहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

७ औ राष्ट्रिय उद्योग दिवशको अपसर पारी सो पुरस्कृत गरीएको कार्यालय प्रमुख बाठामगरले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९