राज शाही बुधबार, मंसिर ०८, २०७८ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा कोरोना बिरुद्धको खोप ४९ दशमलव नौ प्रतिशत नागरिकले लगाएका छन् । केन्द्रबाट स्वास्थ्य सेवा कार्यालयमा उपलब्ध भएको भ्याक्सिन जिल्लाका सबै गाउँपालिकामा तोकिएका उमेर समुहका नागरिकलाई लगाउने कार्य भएको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रम बहादुर सिंहका अनुसार जिल्लामा उपलब्ध भएको भ्याक्सिन ३६ हजार ४ सय ४७ डोजमा ३३ हजार २ सय ४७ डोज खर्च भएको छ । कुल खर्च भएको खोपमा कोरोना बिरुद्ध दुबै डोज लगाउने नागरिक मंगलबारसम्म १६ हजार ६ सय ९१ रहेको छ । खोप लगाउनेमा १८ वर्षका युवा युवतीदेखि ९० वर्षका जेष्ठ नागरिक रहेका छन । खोप लगाउनेमा महिला भन्दा पुरुषको संख्या बढी रहेको कार्यालयले जनाएको छ । हुम्लामा जोन्सन एण्ड जोन्सन, भेरोसेल र कोभिशिल्ड खोप उपलब्ध भएको थियो ।

यो खोप जिल्लाका सात वटै गाउँपालिका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा लगाईएको छ । यसमा हिमालपारीको गाउँ लिमी, चाला, ताँजाकोट गाउँपालिकाको दुर दराजको बस्ती मासपुर र अर्को टाढाको चंखेली गाउँपालिकाको नेक्पामा स्वास्थ्यकर्मी पुगेर लगाईएको छ । यसका लागि असी भन्दा बढी स्वास्थ्यकर्मी परिचालन भएको कार्यालयले जनाएको छ ।

हाल अब कार्यालयसंग तीन हजार दुई सय डोज मौज्दात रहेको र त्यो पनि लगाउने कार्य जारी रहेको छ । जिल्लाको कुल ५१ हजार ५ सय ४३ जनसंख्यामा  १८ वर्ष माथि उमेर समुहका खोप लगाउनु पर्ने नागरिक ३४ हजार रहेको अनुमान कार्यालयले गरेको हो । अब बाँकी खोपको लागि पनि माग भई सकेको बताउदै उनले खोप आउने बित्तिक्के सबै तिर स्वास्थ्यकर्मी परिचालन गरिने बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९