राज शाही बुधबार, मंसिर ०८, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा कोरोना बिरुद्धको खोप ४९ दशमलव नौ प्रतिशत नागरिकले लगाएका छन् । केन्द्रबाट स्वास्थ्य सेवा कार्यालयमा उपलब्ध भएको भ्याक्सिन जिल्लाका सबै गाउँपालिकामा तोकिएका उमेर समुहका नागरिकलाई लगाउने कार्य भएको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रम बहादुर सिंहका अनुसार जिल्लामा उपलब्ध भएको भ्याक्सिन ३६ हजार ४ सय ४७ डोजमा ३३ हजार २ सय ४७ डोज खर्च भएको छ । कुल खर्च भएको खोपमा कोरोना बिरुद्ध दुबै डोज लगाउने नागरिक मंगलबारसम्म १६ हजार ६ सय ९१ रहेको छ । खोप लगाउनेमा १८ वर्षका युवा युवतीदेखि ९० वर्षका जेष्ठ नागरिक रहेका छन । खोप लगाउनेमा महिला भन्दा पुरुषको संख्या बढी रहेको कार्यालयले जनाएको छ । हुम्लामा जोन्सन एण्ड जोन्सन, भेरोसेल र कोभिशिल्ड खोप उपलब्ध भएको थियो ।

यो खोप जिल्लाका सात वटै गाउँपालिका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा लगाईएको छ । यसमा हिमालपारीको गाउँ लिमी, चाला, ताँजाकोट गाउँपालिकाको दुर दराजको बस्ती मासपुर र अर्को टाढाको चंखेली गाउँपालिकाको नेक्पामा स्वास्थ्यकर्मी पुगेर लगाईएको छ । यसका लागि असी भन्दा बढी स्वास्थ्यकर्मी परिचालन भएको कार्यालयले जनाएको छ ।

हाल अब कार्यालयसंग तीन हजार दुई सय डोज मौज्दात रहेको र त्यो पनि लगाउने कार्य जारी रहेको छ । जिल्लाको कुल ५१ हजार ५ सय ४३ जनसंख्यामा  १८ वर्ष माथि उमेर समुहका खोप लगाउनु पर्ने नागरिक ३४ हजार रहेको अनुमान कार्यालयले गरेको हो । अब बाँकी खोपको लागि पनि माग भई सकेको बताउदै उनले खोप आउने बित्तिक्के सबै तिर स्वास्थ्यकर्मी परिचालन गरिने बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९