राज शाही शनिबार, मंसिर ०४, २०७८ मा प्रकाशित

नेपाली काँग्रेसको शुभेछुक संस्था नेपाल निजामती कर्मचारी युनियन  हुम्लाको जिल्ला अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसनले विशाल बोहराको अध्यक्षतामा १७ सदसिय जिल्ला कार्य समिती सर्वसहमतीमा चयन गरेको छ ।

जसमा अध्यक्ष विशाल बोहरा, उपाध्यक्ष महिलामा मनमाया वली, खुल्लाबाट भक्ती प्रसाद उपाध्यय, सचिवमा सुरविर  शाही, सह सचिवमा सुवास भण्डारी, कोषाध्यक्षमा हिमाल रोकाया लगाएतका १७ सदसिय नेतृत्व सर्बसहमतीमा चयन गरीएको हो ।

त्यसै गरी ५ जना केन्द्रिय प्रतिनिधिमा चयन भएका छन् । केन्द्रिय प्रतिनिधि चयन हुनेमा मोहनबहादुर शाही, आस्मनी देवकोटा, ग्याचु लामा,  रविन्द्र शाही लगाएतका रहेका छन् । निजामती कर्मचारी युनियनको जिल्ला अधिवेसन शनिवार दिनको ११ वजे विपि स्मृती भवनमा संचालन भएको हो ।

सोही अधिवेसनको उत्घाटन सत्रमा नेपाल निजामती कर्मचारी युनियनका रिटार सदस्यहरुलाई सम्मानित गरिएको थियो ।  सम्मानित हुनेमा खार्पुनाथ गाउँ पालिका वडा नं ५ खार्पुनाथ स्वास्थ्य चौकीका अहेव कर्णजित शाही, हुम्ला जिल्ला अदालतका नासु दानबहादुर रावत लगाएतलाई सम्मान गरीएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९