राज शाही आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित

आफ्नै भवन नहँदा जिल्ला आयुवर्दे सेवा केन्द्रले प्रवाह गर्ने सेवा प्रवाहमा समस्या भएको  सोही कार्यालय प्रमुख कृष्ण चन्द जोशीले बताएका छन् । उनका अनुसार उक्त भवन निर्माणको लागी जग्गा तथा भवनको व्यवस्था गरि दिनका लागी जिल्लामा स्थापित राजनैतिक दल सरकारी तथा गैर सरकारी कार्यालयलाई अनुरोध गर्दा पनि काँही कतैबाट केही पनि आश्वासन नपाएको बताएका छन् । हाल दुई वटा भवन भाडामा लिइ आयुवर्द स्वास्थ्य सेवा केन्द्रबाट प्रवाह हुने सेवाहरु संचालन गरी रहेको  जोशीले बताएका छन् ।

पछिल्लो समय बिरामीको आकर्षण बढ्दै गएको आर्युवेद चिकित्सा बिधि अन्र्तगतको पञ्चकर्म सेवा हुम्ला जिल्लामा निशुल्क गरिएको छ । बिरामीको चाप र मागलाई मध्यनजर राख्दै शाखाले सो सेवा निशुल्क गरेको हो । यसअघि सेवाग्राहीहरुले शाखासंग पञ्चकर्म सेवा निशुल्क गर्न माग गर्दै आएका थिए ।

२०७७ साल मंसीर १४ गतेबाट जिल्लामा यो सेवा सुरु भएको थियो । शाखाले यो सेवा प्रदान गर्न छुट्टै कोठाको ब्यवस्था समेत गरेको छ । यसका लागि दुई जना जनशक्तिको शाखाले व्यवस्था गरेको  सोही कार्यालय प्रमुख कृष्णचन्द जोशीले बताएका छन्  ।

पुरुष सेवाग्राहीका लागि पुरुष अभ्याङ्गकर्ता र महिलाका लागि महिला अभ्याङ्गकर्ता जनशक्तिको व्यवस्था गरिएको छ  । गत फागुन महिनापछि शाखाका एक जना चिकीत्सको समेत व्यस्था हुँदा आर्युवेद उपचारमा बिरामीको आर्कषण बृद्धि हुँदै आएको हुम्ला जिल्ला आयुवेर्द स्वास्थ्य सेवा केन्द्र प्रमुख जोशीले बताएका छन्  ।

यस अघि उक्त सेवा प्रवाह गरेवात १ सय रुपैंया लिने गरेको भए पनि तिहार पछि उक्त सेवा निसुल्क गरिएको छ । सो सेवा लिनेको संख्या हाल दैनिक २५ जना भन्दा वढी रहेका छन् ।  सेवा सुरु भए देखि हाल सम्म उक्त सेवा लिनेको संख्या १ हजार ५ सय भन्दा वढी पुगेको सोही कार्यालय प्रमुख जोशीले बताएका छन् ।

विद्युत अवरोध हुँदा उक्त सेवा प्रवाह गर्न मंहगो भएको पाइएको छ । विद्युत नहुँदा ग्यास बाट सो सेवा प्रवाह गर्दा मंहङगो परेको हो । उक्त सेवा जिल्ला आयुवेर्द सेवा केन्द्र मिति २०७७ साल मंसिर १४ गतेबाट सुरु गरेको हो । सो सेवा केन्द्र  उक्त सेवा संचालनका लागी छुट्टै कोठाको व्यवस्था गरेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९