राज शाही शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित

देशभरीका सम्पुर्ण प्रगतीशिल जनवादी तथा देशभक्त विद्यार्थी एकजुट होऔ भन्ने मुलनाराका साथ पत्रकार सम्मेलन गरीएको छ । पत्रकार सम्मेलन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कार्य समिति हुम्लाले गरेको हो । सुक्रबार दिनको साढे २ वजे संचालन भएको पत्रकार सम्मेलनको अध्यक्षता सोही अखिल नेपाल रष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला अध्यक्ष जयराज संन्ज्यालको र प्रमुख आतिथ्य कर्णाली प्रदेश अध्यक्ष धनस्याम पुनको रहेको थियो ।

पत्रकारहरुले राखेको सवाल माथि जवाफ सोही कार्यक्रमका विशेष आतिथी हिक्मत जंग खड्काले दिएका थिए । सोही कार्यक्रममा खड्काले हुम्ला जिल्लामा रहेका २१ वटा विद्यालय झोले विद्यालयकारुपमा रहेको बताएका छन् । खड्काका अनुसार कोही विद्यालयमा शिक्षक   भए पनि विद्यार्थि नभएको  कोही विद्यालयमा विद्यार्थी भएको शिक्षक नभएको, विद्यालयमा हाजिर नै नगरेर तलब भत्ता खाएको, विद्यार्थी नभएको विद्यालयमा दिवा खाजाको रकम समेत भुक्तानी लिएको समेतको आरोप लगाएका थिए ।

जिल्ला वासीको हक हितका लागी अनेरा स्ववियु जहिले पनि सुचना बाहाककोरुपमा लाग्नु पर्ने,  जिल्लामा शिक्षा क्षेत्रमा भएको वेथितिको अन्त्यका लागी लाग्नुका साथै जिल्लाका विकास निकास र मौलाउदो भ्रष्टचारको अन्त्यका लागी पनि अनेरा स्ववियु लागी पर्नु पर्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका कर्णाली प्रदेश अध्यक्ष धनस्याम पुनले  बताएका थिए।

निजी विद्यालयहरुलाई नेपाल सरकारले तोकेको मापदण्ड अनुसार संचालन गर्नका लागी संगठनका तर्फबाट आवश्यक पहल गर्ने, आवश्यक कार्ययोजना निर्माण गरी हुम्लाको शैक्षिक क्षेत्रको सुधारका लागी सम्बन्धीत निकायहरुसँग समन्वय र सहकार्य गर्ने लगाएतका विषय वस्तुहरु उक्त पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा समेटिएका विषय बस्तु बाचन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका   जिल्ला उपाध्यक्ष छक्कबहादुर लामा उठान गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९