राज शाही मंगलबार, कार्तिक २३, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लामा सञ्चालन हुने जनगणनामा सहज होस भन्दै जनगणना कार्यालयले सोमवार अनौपचारीक रुपमा पत्रकार र राजनिति दलका प्रतिनिधिहरुसंग सुझाव संकलन गरेको छ ।  कात्तिक २५ गतेदखि सञ्चालन हुने राष्ट्रिय जनगणनका लागि हुम्ला जिल्लामा ८० जना गणकहरु तयारी गरेको जिल्ला जनगणना अधिकृत विनोद भट्टले बताए ।

जनगणना गर्ने क्रममा जिल्लाका निर्वाचित क्षेत्रका जनप्रतिनिधिहरू मध्ये समन्वय समिति प्रमुखको संयोजकत्व र अर्को प्रमुख जिल्ला अधिकारीको संयोजकत्व गरि जिल्लामा दुईवटा समति रहने गर्दछ । त्यस्तै जनगणना संकलनकाबाट सही तथ्यांक आउनका लागि जिल्लाका सात दलको तर्फबाट समेत सयुंक्त रुपमा शन्देश दिने कार्य गरिने बताइएको छ ।

हुम्ला जिल्लामा कात्तिक २५ गतेबाट जनगणना गर्ने कार्य सञ्चालन हुने भएको छ । मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ १२ औँ राष्ट्रिय जनगणना संकलन गर्ने कार्य शुरु हुने भएको छ । कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने जनगणनका लागि राजनिति दल र पत्रकारहरूलाई समेत सही तथ्यांक संकलन गर्नमा सहयोगको अपेक्क्षा जनगण्ना कार्यालयले गरेको छ ।

तयारी गरिएका ८० जना गणकहरूलाई यस अधि कात्तिक १३ गतेदेखि १६ गतेसम्म तालीम सञ्चालन गरेको थियो । त्यस्तै गाउँमा खटिने सोही गणकहरूको अनुगमनका लागि २३ जना सुपरभाइजरको समेत तयारी गरेको अधिकृत भट्टले बताउनु भयो । अनुगमनमा खटिने सुपरभाइजरले पनि भदौ ३० देखि असोज १२ गतेसम्म तालिम लिएका थिए ।

यसपालीको जनगणनमा विशेष गरेर स्वास्थ्य, शिक्षा, खाने पानी लगायत सम्पुर्णको विवरण लिने भएको छ । विवरण संकलनका क्रममा कम जनसंख्या भएको वडामा एक जना र बढी जनस्संख्या भएको वडामा दुईदेखि तीन जना सम्म गणकलाई खटाउने तयारी गरिएको अधिकृत भट्टको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९