राज शाही आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित

कर्णाली प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाही आज हुम्लामा आइ पुग्नु भएको छ । शाही अहिले वेलुका ५ वजे हुम्ला जिल्लाको सदरमुकाम सिमकोट पुग्नु भएको हो । हुम्ला जिल्लामा असोज ३१ गतेबाट ३ दिन परेको अविरल वर्षाले पारेको क्षेतीको अनुगमन तथा निरिक्षण गर्दै अहिले वेलुका हुम्ला जिल्लाको सदरमुकाम सिमकोट आइ पुग्नु भएको हो ।

यस अघि शाही हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं २ को थालीमा बाढी पहिरोले पारेको क्षेतीको अनुगमन संगै सोही गाउँ पालिका वडा नं ५ को खर्पेलगाउँमा ६ जनाको ज्यान जाने गरी भएको बाढी पहिरोको अनुगमन समेत गर्नु भएको छ ।

मुख्य मन्त्री शाही हुम्ला जिल्लाको सदरमुकाम सिमकोट पुगे संगै हुम्ला जिल्लामा स्थापित राजनैतिक दलका नेता तथा कार्यकर्ता जनप्रतिनिधिले टसी खादा अभिवर लगाइ मुख्य मन्त्री भएकोमा वधाइ तथा कार्याकालको शुभकामना व्यक्त गरेका थिय ।

नेपालकै उच्च स्थानमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा रहेको हवाइ मैदानमा हेलीकप्टरबाट  पुग्नु भएको हो। हेलिकप्टरबाट हुम्लामा पुगे संगै जिल्लामा स्थापित राजनैतिक दल जनप्रतिनिधि स्थानियवासीले भव्यरुपमा बाजागाजा स्वागत गरेका थिए । मुख्य मन्त्री शाही बजार र्याली बाजागाजा सहित आफ्नो निवास विजाय होटलमा पुगे संगै हुम्लाका सम्पुर्ण जनप्रतिनिधि राजनैतिक दलबाट बधाइ तथा शुभकामनाको पत्र  जिल्ला समन्वय सिमितिका प्रमुख दानबहादुर रावतले  प्रर्दान गरेका थिए । मुख्य मन्त्री शाहीले आफु मरेर जाउला तँपाइको आशा भरोशालाई कहिलै तोड्ने छैन । सडक संन्जालमा नजोडिएको हुम्ला जिल्लामा चाँडो सडक सँजालमा जोड्नका लागी नेपाली सेनालाई सडक निर्माणको जिम्मा दिएको मुख्य मन्त्री शाहीले बताउनु भएको छ ।

हुम्ली जनताले मुख्य मन्त्री शाही हुम्ला पुगे संगै शाहीलाई पाटी वेपाटी नभनी साझा नेताको रुपमा ग्रहण गरेका छन् । शाही आज हुम्ला जिल्लामा बास बस्ने नेपाली काँग्रेस पाटी सभापती मोहन विक्रम सिहले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९