राज शाही आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेश मुख्य मन्त्री जिवनबहादुर शाही हुम्ला आउनु हुने भएको छ । गत अशोज ३१ गते देखि ३ दिन लगातार परेको अविरल वर्षाले पुर्याएको क्षेत्रीको अनुगमन संगै निरिक्षणका लागी मुख्य मन्त्री जिवनबहादुर शाही हुम्ला आउन लाग्नु भएको हो ।

मुख्य मन्त्री शाही सवार हेलिकप्टरले आज आइतबार दिनको २ बजे कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हलिकप्टरले उडान भर्ने छ । ३  बजेर १५ मिनेटमा हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिका वडा नं ३ को थाली गाउँमा हेलिकप्टरले लेण्ड गरी त्यहाँ अविरल वर्षाले पुर्याएको क्षेतीको मुख्य मन्त्री शाहीले स्थलगत अनुगमन गर्नु हुने छ ।

त्यसै गरी अविरल वर्षाले ६ जनाको ज्यान जाने गरि गएको पहिरोको अनुगमन आजै आइतबार वेलुका ४ वजे सोही गाउँ पालिका वडा नं ५ खर्पेलगाउँमा हेलिकप्टरले टेकप गरे संगै बाढीले पुर्याएको क्षेतीको अनुगमन गर्ने मुख्य मन्त्री शाहीका स्वगीय सचिव राजबहादुर रोकायाले बताएका छन् ।

आइतबार वेलुका ५ वजे शाही हुम्ला जिल्लाको सदरमुका सिमकोट आइ पुग्ने कर्णाली प्रदेश मुख्य मन्त्री शाहीका स्वगीय सचिव रोकायले बताएका छन । मुख्य मन्त्री शाही आइतबार हुम्लामै बास बस्ने सोमबार हुम्लाको अदानचुलीका लागी प्रस्तान गर्ने हाम्रा सहकर्मी जनकबहादुर शाहीले बताएका छन्  ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९