राज शाही आइतबार, कार्तिक २१, २०७८ मा प्रकाशित

कर्णाली प्रदेश मुख्य मन्त्री जिवनबहादुर शाही हुम्ला आउनु हुने भएको छ । गत अशोज ३१ गते देखि ३ दिन लगातार परेको अविरल वर्षाले पुर्याएको क्षेत्रीको अनुगमन संगै निरिक्षणका लागी मुख्य मन्त्री जिवनबहादुर शाही हुम्ला आउन लाग्नु भएको हो ।

मुख्य मन्त्री शाही सवार हेलिकप्टरले आज आइतबार दिनको २ बजे कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हलिकप्टरले उडान भर्ने छ । ३  बजेर १५ मिनेटमा हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिका वडा नं ३ को थाली गाउँमा हेलिकप्टरले लेण्ड गरी त्यहाँ अविरल वर्षाले पुर्याएको क्षेतीको मुख्य मन्त्री शाहीले स्थलगत अनुगमन गर्नु हुने छ ।

त्यसै गरी अविरल वर्षाले ६ जनाको ज्यान जाने गरि गएको पहिरोको अनुगमन आजै आइतबार वेलुका ४ वजे सोही गाउँ पालिका वडा नं ५ खर्पेलगाउँमा हेलिकप्टरले टेकप गरे संगै बाढीले पुर्याएको क्षेतीको अनुगमन गर्ने मुख्य मन्त्री शाहीका स्वगीय सचिव राजबहादुर रोकायाले बताएका छन् ।

आइतबार वेलुका ५ वजे शाही हुम्ला जिल्लाको सदरमुका सिमकोट आइ पुग्ने कर्णाली प्रदेश मुख्य मन्त्री शाहीका स्वगीय सचिव रोकायले बताएका छन । मुख्य मन्त्री शाही आइतबार हुम्लामै बास बस्ने सोमबार हुम्लाको अदानचुलीका लागी प्रस्तान गर्ने हाम्रा सहकर्मी जनकबहादुर शाहीले बताएका छन्  ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९