राज शाही मंगलबार, कार्तिक १६, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिका वडा नं ५ खर्पेलगाउँमा जन्मनु भएका कर्णाली प्रदेश संसदिय दलका नेता जीवनबहादुर शाही संघिय प्रर्यटन मन्त्री हुँदै कर्णाली प्रदेशको मुख्य मन्त्री बन्नु भएकोमा मानसरोवर टाइम्स हार्दिक वधाइ तथा कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

 

कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही आज मुख्यमन्त्रीमा नियुक्त हुँदै हुनु हुन्छ । प्रदेश प्रमुखको कार्यालयले आजै शाहीको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ८ बजे तोकिएको प्रदेश प्रमुखको कार्यालयका एक अधिकारीले बताए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७ : ३० बजे राजीनामा दिएका थिए । प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिए अनुसार मंगलबार ८ बजे भित्र शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरि शपथ ग्रहणको कार्यक्रम रहेको नेता शाहीको निजी सचिवालयले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९