राज शाही मंगलबार, कार्तिक १६, २०७८ मा प्रकाशित

हुम्ला

हुम्ला जिल्लाको खार्पुनाथ गाउँ पालिका वडा नं ५ खर्पेलगाउँमा जन्मनु भएका कर्णाली प्रदेश संसदिय दलका नेता जीवनबहादुर शाही संघिय प्रर्यटन मन्त्री हुँदै कर्णाली प्रदेशको मुख्य मन्त्री बन्नु भएकोमा मानसरोवर टाइम्स हार्दिक वधाइ तथा कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

 

कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही आज मुख्यमन्त्रीमा नियुक्त हुँदै हुनु हुन्छ । प्रदेश प्रमुखको कार्यालयले आजै शाहीको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ८ बजे तोकिएको प्रदेश प्रमुखको कार्यालयका एक अधिकारीले बताए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७ : ३० बजे राजीनामा दिएका थिए । प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिए अनुसार मंगलबार ८ बजे भित्र शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरि शपथ ग्रहणको कार्यक्रम रहेको नेता शाहीको निजी सचिवालयले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९