राज शाही सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा नेपाल कम्युनिष्ट पार्टी एमालेको वडा तथा गाउ पालिका अधिवेसन सम्पन्न भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँ पालिकामा ४४ वटा वडा मध्य १ वटा वडामा हिमपात हुँदा अधिवेसन हुन नसकेको नेकपा एमाल जिल्ला अध्यक्ष दलबहादुर रावलले बताएका छन् ।

हिमपातले अधिवेसन हुन नसकेको जिल्लाको उत्तरी नाम्खागाउँ पालिकाको वडा नं ६ लिमी रहेको छ । उक्त गाउँ पालिकामा अशोज ३१ गते देखि कार्तिक ३ गते सम्म परेको हिमपातले न्यालु तथा नारा लेख वन्द भए पछि उक्त गाउँ पालिकामा वडा अधिवसेन हुन नसकेको अध्यक्ष रावलले बताएका छन् ।

जिल्लाका ७ वटा गाउँ पालिका र ४३ वटा वडा अधिवेसन सम्पन्न गरी आइतबार विहान ८ वजे पत्रकार सम्मेलन गरेको छ । मानसरोवर होटलमा संचालन भएको पत्रकार सम्मेलनको अध्यक्षता नेपाल कम्युनिष्ट पाटी नेकपा एमालेका जिल्ला अध्यक्ष दल रावलको रहेको थियो । नेकपा एमालेले ७ वटा गाउँ पालिका मध्य नाम्खा गाउँ पालिकामा अध्यक्ष तोपछिरीङ लामा, सिमकोट गाउँ पालिका अध्यक्ष चिन रावत,खार्पुनाथ गाउँ पालिकामा प्रकासबहादुर शाही, सर्केगाड गाउँ पालिकामा भिमबहादुर सिंह,  चंखेली गाउँ पालिकामा टेकबहादुर शाही  अदानचुली गाउँ पालिकामा वुध भण्डारी र ताँजाकोट गाउँ पालिकामा नरदिप थापा गाउँ पालिका अध्यक्ष सर्व सहमत चयन भएको, नेकपा एमालेले जिल्लामा पत्रकार सम्मेलन गर्नुको उद्देश्य माथि थप प्रष्ट पार्दै नेकपा एमाले जिल्ला अध्यक्ष दल बहादुर रावलले  बताएका छन् ।

प्रत्रकार सम्मेलनमा जिल्लामा स्थापित पत्रकारहरुको सहभागीता रहेको थियो । प्रेस मिट कार्यक्रममा पत्रकारले उठाएका सवाल माथि अध्यक्ष रावलले जवाफ दिएका थिए ।  अधिवेसनले ३३ प्रतिसत महिला र १५ प्रतिसद दलितको नेतृत्व रहने गरी सर्वसहमती वडा तथा गाउँ कमिटी चयन गरीएको नेकपा एमाले जिल्ला पाटी कार्यालयले जनाएको छ ।

कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य कमल बोहरा, ज्ञामी वुमी, डवल रावत लगायतका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९