राज शाही आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित

हिमाली जिल्ला हुम्लाका नागरिकले तिहार र छटमा खाध्यन्न नपाउने भएका छन् । नेपाल सरकारले अनुदानमा दिदै आएको खाध्यन्न दशै र तिहारको वीचमा ढुवानी नभए पछि हुम्ली नागरिकले खाध्यन्न नपाउने भएको नेपाल खाध्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड प्रमुख कृष्ण प्रसाद अधिकारीले बताएका छन् ।

डुवानीको टेन्डर आवान भइ हवाइ एरलाइन्सबाट डुवानीको प्रक्रिया भई रहेका वेला समिट एरलाईन्सले घटी घटाउमा आफुले पनि ढुवानीमा गर्न पाउनु पर्ने भन्दै अख्तियार अनुसान्धान कार्यालय, राष्ट्रिय सतरकता केन्द्र र सार्वजनिक खरिद समितिमा मुद्दा हाले पछि खाद्य ढुवानी  कार्य केही दिनका लागी रोकीएको प्रमुख अधिकारीले बताएका छन् । जसको रि मुल्यङकन गर्नु पर्ने राष्ट्रिय सतरकता केन्द्रले भनेको छ ।

पैदल मार्गबाट आउने खाध्यन्न टेन्डर आब्हान भई ढुवानी कर्ता ठेकेदार पनि छनौट भइ सकेको नेपाल खाध्य संस्थान प्रमुख अधिकारीले बताएका छन् । पैदल मार्गबाट ढुवानी गर्ने ठेकेदारले खाध्य संस्थानको गोदामबाट उठाएको एक महिना सम्म ढुवानीको समय पाउने भएकाले ढुवानी गर्ने काम भई रहेको बताएका छन् । पैदल मार्गको ढुवानी गर्दा अशोज ३१ गते परेको अविरल वर्षाले जिल्लाका गोरेटा बाटा तथा सडकहरु तहस नहस भएकाले समयमै खाध्यन्न पैदल मार्गबाट ढुवानी हुन नसकेको सोही कार्यालय प्रमुख कृष्ण प्रसाद अधिकारीले बताए ।

हाल हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा रहेको खाध्य गोदाममा जम्मा ३ सय ५० कुन्टल खाध्यन्न मात्र मौजात रहेको छ । मौजात रहेको खाध्यन अति आवश्यक पाढी पहिरो पडित लगातका व्यक्ति वाहेक अन्यलाई दिन नसकिने प्रमुख अधिकारीले बताएका छन् । खाध्यन्न विक्रि वितरण कार्य वन्द गरीएको र प्रमुख जिल्ला अधिकारीको तोक आदेश बाहेक अन्य कोही कसैलाई खाध्यन्न ढुवानी भई नआउन जेल विक्रि वितरण नगरीने अधिकारीले बताएका छन् ।

हुम्लाका लागी सुर्खेतमा २० हजार कुन्टल र नेपालगन्जमा पनि सोही हाराहारीको चामल स्टक गरीएको नेपाल खाध्य व्यवस्था तथा व्यापारी कम्पनी हुम्लाले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९