राज शाही शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित

अशोज ८ गतेबाट विद्युत प्रसारण वन्द भएको हिल्दुम जलविद्युत आयोजना अव चाँडै नै संचालनमा आउने भएको छ । ग्याविन लगाउने देखि पाइप जडानको काम हाल जनपद प्रहरी, नेपाली सेना, ससत्र प्रहरीहरुले तदारुकताका साथ गरि रहेका छन् । सिमेन्टको काम सम्पन्न गरी पाइप जोडेने कार्यमा हिल्दुम विद्युत वितरणको मर्मतमा खटिएको सुरक्षा कर्मीले गरी रहेको छ ।

यस अघि नै विद्युत संचालनमा ल्याउने तयारी भए पनि अजोज ३१ गतेबाट  ३ दिन परेको अविरल वर्षाले मर्मत भई रहेको विद्युतमा पुन क्षेती गरेको र दशैं तिहारको विचमा हवाइ जहाज नियमित उडान नहुँदा सो आयोजनाका लागी चाहिने पाइप लगाएतका अति आवश्यक सामाग्री समयमै ढुवानी हुन नसकेका कारण केही ढिला हुन गएको प्रमुख जिल्ला अधिकारी  गणेश आचार्यले  वताएका छन।

विद्युत मर्मतका लागी आर्थिक जोहो खानेपानी तथा सिचाइ कार्यालयबाट ३० लाख यस अघि नै उपलब्ध भएको र पुन कर्णाली प्रदेशबाट थप वजेट पनि खानेपानी तथा सिचाइ कार्यालयमा प्राप्त भएकोले मर्मत संम्भारका लागी वजेटको अभाव नभएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारीका अनुसार अहिले ३ वटै सुरक्षा निकायका सुरक्षाकर्मी जोडतोडका साथ लागी परेकाले अव तिहार अगाडी विद्युत संचालनमा आउन सक्ने बताएका छन् । सिमेन्टको काम सम्पन्न गरी पाइप जोड्ने कार्य शनिवारबाट सुरु भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९