राज शाही शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा कोरोना विरुद्धको सामाग्री वितरण गरिएको छ । सो सामाग्री महिला स्वास्थ्य स्वयम सेविका, बिद्यार्थी र विद्यालयलाई बितरण गरिएको हो । सिमकोट गाउँ पालिका र नाम्खा गाउँ पालिकाका महिला स्वयम सेविकालाई कोरोना विरुद्धबाट बच्नका लागी वेसीक सुरक्षा सामाग्री र व्यक्तिगत सुरक्षाका सामाग्री वितरण गरिएको छ ।

महिला स्वास्थ्य स्वयम सेविकालाई वितरण गरिएका सामाग्रीमा गमवुट, गोलोप्स, सेनिटाइजर, सावुन, माक्स,  अक्सीमिटर,  थर्ममिटर लगाएतका कोरोना विरुद्धका सामाग्री वितरण गरिएको हो ।  आधार विकास नेपाल हुम्लाको कार्यक्षेत्र रहेको सिमकोट गाउँ पालिकाको वडा नं ७ र ८ का महिला स्वयम सेविकालाई सोही गाउँ पालिका वडा नं ७ धारापोरी र नाम्खा गाउँ पालिकाको यालबाङमा वितरण गरिएको आधार विकास हुम्ला नेपालका शिक्षा अधिकृत कोन्जोक लामाले बताएका छन ।

त्यसै गरी सोही संस्थाले शिक्षा क्षेत्रमा आप्नो संस्था लागु भएका गाउँ पालिकाका विद्यालयमा कोरोना विरुद्ध र सरसफाइका सामाग्री वितरण गरेको छ ।  सिमकोट गाउँ पालिका वडा नं ७ को कर्णाली माध्यामिक विद्यालय चौगान फया, दोभान आधारभुत विद्यालय, कान्ती आधारभुत विद्यालय खोल्सी, सत्य आधारभुत विद्यालय लामाखोल्सी,  तातोपानी आधारभुत विद्यालय केर्मी, महावौध आधारभुत विद्यालय यालबाङ,हिमाल आधारभुत विद्यालय चाला,खासरपानी आधारभुत विद्यालय मुचुका विद्यार्थी र विद्यालयलाई कोरोना विरुदको स्वास्थ्य सामाग्री र सरसफाइका सामाग्री वितरण गरेको शिक्षा अधिकृत लामाले बताएका छन् ।

जसमा विद्यार्थीलाई प्रति विद्यार्थी र शिक्षकलाई १।१ वटा माक्स र १ ।१ वटा सावुन, विद्यालयलाई माक्स, साबुन र सेनेटाइजर एकमुष्ट वितरण गरेको खवर प्राप्त भएको छ । माक्स भने प्रयोगमा आउने कपडाको माक्स वितरण गरिएको हो ।

उक्त सामाग्री  कार्तिक ९ र १० गते आधार विकास नेपाल, हुम्लाले वितरण गरेको हो । जसको वितरणले यसले विध्यालय तथा समुदायमा सरुवा रोग तथा कोभिड-१९, रोग नियन्त्रण रोकथामको वातावरणमा सहयोग पुग्नेमा विश्वास लिएको सोही संस्थाका शिक्षा अधिकृत लामाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९