राज शाही शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित

गत आइतबारबाट ३ दिन परेको अविरल वर्षाले गरेको क्षेतिको विवरण संकल कार्य सुरु गरेको छ । उक्त कार्य खार्पुनाथ गाउँ पालिकाले गरेको हो । वेमौसमी अविरल वर्षाले खार्पुनाथ गाउँ पालिकामा एकै घरका ६ जनाको ज्यान जाने गरी भएको अविरल वर्षाले अन्य कृषि, वन, पशु तिर गरेको क्षेतीको विवरण संकल कार्य शनिवारबाट सुरु गरेको हो ।

सोही गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल नेतृत्व रहेको संचारकर्मीको टोलीले  शनिवारबाट धनजनको क्षेतीको विवरण संकलन कार्य सुरु गरेको संचारकर्मी एव हाम्रा सहकर्मी जनक शाहीले सम्बन्धीत स्थलबाट जानकारी गराएका छन् ।

अविरल वर्षाले खार्पुनाथ गाउँ पालिका वडा नं ५ को खर्पेल गाउँमा १ घर भत्कदा ६ जनाको ज्यान गएको थियो । ६ जनाको ज्यान लिने गरी गएको पहिरोमा परेको घरको निरिक्षण तथा अनुगमन गरी क्षेतीको विवरण संकलन गरेको छ । त्यसै गरी सोही गाउँमा ९ वटा घर जोखिममा रहेको पनि अध्यक्ष रावलको टोलीले निरिक्षणका क्रमा पत्ता लगाएको छ । अविरल वर्षले सयौ रोपनी जग्गामा लगाएको कार्तिक वाली चिनो, कोदो, फापर, आलु, सिमी लगाएरका वाली बगाएर लगेको खेतवारीको क्षेतीको विवरण संकल गरेको छ  ।

आफ्नो गाउँ पालिका भरी भएको क्षेतीको विवरण संकलन गरी सम्बन्धी सरोकारवाला प्रदेश र संघमा पठाउन र पीडितहरुलाई क्षेतीपुर्तीको लगी पहल गर्ने समेत अध्यक्ष रावलले बताएका छन् । उक्त अविरल वर्षाले गाउँ पालिकाले धान्नै नसक्ने गरी स्थानीय वासीको वाली, नाली, धनजनको क्षेती पुर्यायकोले प्रदेश र संघमा क्षेतीपुर्तीको माग गर्नु पर्ने आवस्था रहेको अध्यक्ष रावलले बताएका छन् ।  सो टोलीले खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडामा अविरल वर्षाले गरेको क्षेतीको विवरण संकलन गर्ने संचारकर्मी शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९