राज शाही शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

गत आइतबारबाट ३ दिन परेको अविरल वर्षाले गरेको क्षेतिको विवरण संकल कार्य सुरु गरेको छ । उक्त कार्य खार्पुनाथ गाउँ पालिकाले गरेको हो । वेमौसमी अविरल वर्षाले खार्पुनाथ गाउँ पालिकामा एकै घरका ६ जनाको ज्यान जाने गरी भएको अविरल वर्षाले अन्य कृषि, वन, पशु तिर गरेको क्षेतीको विवरण संकल कार्य शनिवारबाट सुरु गरेको हो ।

सोही गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल नेतृत्व रहेको संचारकर्मीको टोलीले  शनिवारबाट धनजनको क्षेतीको विवरण संकलन कार्य सुरु गरेको संचारकर्मी एव हाम्रा सहकर्मी जनक शाहीले सम्बन्धीत स्थलबाट जानकारी गराएका छन् ।

अविरल वर्षाले खार्पुनाथ गाउँ पालिका वडा नं ५ को खर्पेल गाउँमा १ घर भत्कदा ६ जनाको ज्यान गएको थियो । ६ जनाको ज्यान लिने गरी गएको पहिरोमा परेको घरको निरिक्षण तथा अनुगमन गरी क्षेतीको विवरण संकलन गरेको छ । त्यसै गरी सोही गाउँमा ९ वटा घर जोखिममा रहेको पनि अध्यक्ष रावलको टोलीले निरिक्षणका क्रमा पत्ता लगाएको छ । अविरल वर्षले सयौ रोपनी जग्गामा लगाएको कार्तिक वाली चिनो, कोदो, फापर, आलु, सिमी लगाएरका वाली बगाएर लगेको खेतवारीको क्षेतीको विवरण संकल गरेको छ  ।

आफ्नो गाउँ पालिका भरी भएको क्षेतीको विवरण संकलन गरी सम्बन्धी सरोकारवाला प्रदेश र संघमा पठाउन र पीडितहरुलाई क्षेतीपुर्तीको लगी पहल गर्ने समेत अध्यक्ष रावलले बताएका छन् । उक्त अविरल वर्षाले गाउँ पालिकाले धान्नै नसक्ने गरी स्थानीय वासीको वाली, नाली, धनजनको क्षेती पुर्यायकोले प्रदेश र संघमा क्षेतीपुर्तीको माग गर्नु पर्ने आवस्था रहेको अध्यक्ष रावलले बताएका छन् ।  सो टोलीले खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडामा अविरल वर्षाले गरेको क्षेतीको विवरण संकलन गर्ने संचारकर्मी शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९