राज शाही बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित

बराहदल गुल्म रानीवन व्यारेक हुम्लाले एक सुचना प्रकासित गरेको छ । सो सुचना अनुसार सैन्य भर्ना उम्मेदवारहरुको प्रि मेडिकल तथा शारीरिक परीक्षा संचालन सम्बन्धी सुचना प्रकासन गरेको हो । सैन्य भर्नाका लागी वरादल गुल्म रानीवन व्यारेकमा आवेदन फाराम भरेका व्यक्तीहरुका लागी यो सुचना प्रकासन गरिएको बराह दल गुल्मका गुल्मपती गणेश खड्काले बताएका छन् ।

नेपाली सेनाको स्वीकृत दरवन्दी भित्र रिक्त रहेको सैन्य पद खुला तथा समावेसी प्रतिस्पर्धाद्धारा पदपुर्ति गर्ने सिलसिलामा यस अघि प्रकासित विज्ञापन अनुसार अशोज २४ गते सम्म सैन्य पदमा दरखास्त दर्ता गरेका उम्मेदवारहरुको वियरिङ्ग प्रिमेडिकल तथा शारीरिक परीक्षा संचालन हुने भएको छ ।

जसमा मिति २०७८ साल कार्तिक ७ गते आइतवार सम्पुर्ण महिला उम्मेदवारहरुको समय विहान ७ वजे देखि विहान साढे ९ वजे सम्म र पुरुष उम्मेदवार सोही दिन Z१ देखि Z  १ सय सम्मका लागी दिनको १ वजे देखि ४ वजे सम्म वियरिङ तथा प्रि मेडिकल महिला पुरुष दुवैलाई वराहदल गुल्म रानिवन व्यारेकमा हुने भएको छ । त्यसै गरी मिति २०७८ साल कार्तिक ८ गते z १ सय १ देखि  z२ सय१ पुरुष उम्मेदवारको वियरिङ्ग तथा प्रि मेडिकल विहान ७ वजे देखि वेलुका ४ वजे सम्म वराहदल गुल्म हुम्लामा हुने भएको छ । कार्तिक ९ गते  सम्पुर्ण महिला पुरुष उम्मेदवारको ३ सय मिटर दौड, सिटअप, पुसअप र पुरुषको हकमा चिनअप समेत सिमकोट विमानस्थलमा शारिरीक परिक्षा हुने भएको छ । मिति २०७८ साल कार्तिक १० गते सम्पुर्ण महिला र पुरुष Z१ देखि  Z  १ सय सम्मका उम्मेदवारहरुको २ माइल दौड विहान ७ वजे देखि १० वजे सम्म वराहदल गुल्म रानीवनमा हुने भएको हो । मिति २०७८ साल कार्तिक ११ गते z १ सय १ देखि बाँकी सम्पुर्ण पुरुष उम्मेदवारको २ सय माइल दौड वराहदल गुल्म रानीवनमा हुने गुल्मपति गणेश खड्काले बताएका छन् ।

छनौट परिक्षाहरु शुरु हुने उल्लेखित मिति समय र तोकीएको स्थानमा निर्धारित समय भन्दा १ घण्टा अगावै उपस्थित हुनु पर्ने छ । परीक्षा स्थलमा कुनै पनि बहुमुल्य सामानहरु घडी, मोवाइल सेट, सुन, पैसा  लिन पाइने छैन । वियरिङ्ग तथा प्रि मेडिकल परिक्षामा सरिक हुन जाने उम्मेदवारहरु मध्य महिलाले खेल ड्रेसमा लगाइने हाफ पेन्ट तथा टि सर्ट भेष्ट र पूरुषले खेल ड्रेसमा लगाइने हाफ पेन्ट लगाउनु पर्ने छ ।  शारीरिक परीक्षामा सरिक हुने उम्मेदवारले स्वयंमलाई सहज हुने खेल ड्रेस हाफ पेन्ट, टि सर्ट, ट्रयाकसुट, स्पोर्टस जुता, सो किसिमका पोशाकमा उम्मेदवार उपस्थित हुनु पर्ने छ ।

परीक्षामा सहभागी हुन जाँदा उम्मेदवारहरुलाई उपलब्ध गराइएको प्रवेश पत्र तथा दस्तखत गरेको फोटो साथमा लिई उपस्थित हुनु पर्ने छ । वियरिङ्ग तथा प्रि मेडिकल र शारीरिक परिक्षामा उतीर्ण उम्मेदवारहरुको लिखित परिक्षा सम्बन्धी सुचना पुन प्रकासन गरीने सेनानी गुल्मपती गणेश खड्काले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९