राज शाही बिहिबार, आश्विन २८, २०७८ मा प्रकाशित

हुम्लाको नाम्खा गाउँपालिका– ३ खगाल गाउँकी चोङमु तामाङले ९२ वर्षको उमेरमा नागरिकता पाएकी छिन्। ३० वर्षअघि नाम्खा– ३ झुलामा गुफा बसेकी तामाङले ९२ वर्षको उमेरमा नेपाली नागरिकता लिएकी हुन्।

सदरमुकाम पुग्न तीन दिन लगाएकी तामाङ नागरिकता पाएपछि खुसी भएर घर फर्किएकी छिन्। करिब ४० वर्षअघि श्रीमानको मृत्यु भएपछि उनी झुल भन्ने स्थानमा ढुंगाको ओडारमा गुफा बसेकी थिइन्। घरमा कोही आफन्त नहुँदा वृद्धाले अहिलेसम्म नागरिकता नपाएको स्थानीय बताउँछन्।उनी सदरमुकाम सिमकोट पहिलोपटक पुगेकी हुन्।

घरमा कोही आफन्त नहुँदा तामाङ हिउँद–बर्खा झुलामा गुफा बस्दै आएकी छिन्। नेपाली नागरिकता नहुँदा राज्यबाट पाउने वृद्धभत्ताबाट समेत तामाङ वञ्चित भएकी छिन्।नेपाली नागरिकता लिन बुढेसकालमा लठ्ठीको साहारा लिएर सदरमुकाम पुगेकी तामाङ दुई‌ दिन सदरमुकाम बसेकी थिइन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९