राज शाही शनिबार, आश्विन २३, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको हुम्ला शाखाले पहिलो पटक डिजिटल काँटाबाट खाद्यन्न तौलेर सेवाग्राहीलाई बिक्री बितरण सुरु गरेको छ । शाखाको खाद्यन्न बिक्री बितरण कार्य माथि टिकाटिप्पणी सुरु भई रहेको बेला शाखाले आफ्नो बिक्री बितरण प्रर्णालीमा सुधार ल्याउने क्रम जारी राखेको हो ।

अरु बेला खाद्यन्न पाए भई हाल्छ भन्ने मानसिकता हुने गरेको भएपनि यसपाली आफ्नै अगाडी राखेको मेशिनले तिरेको रुपियाँ बराबरको खाद्यन्नको तौल देख्न पाएको थिए । यसबाट अब सेवाग्राहीमा खाद्यन्न खरिद गर्दा सेवाग्राही ढुक्क हुने अबस्था आएको छ । लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले खरिद बिक्री बारे स्पष्ट हुन र पारदर्सीता कायम गर्न नयाँ डिजिटल मेशिनको व्यवस्था गरि बिक्री बितरण सुरु गरिएको जानकारी दिएका छन् ।

शाखाबाट हालसम्म बिक्री बितरण हुने खाद्यन्न माना पाथी भर्ने वा बोरा नै उठाएर सर्बसाधारणले लिने गर्दै आएका थिए । शाखामा हिसाव किताव स्पष्ट राख्न र सेवाग्राहीलाई पनि आफ्नो नगद बरावरको खाद्यन्न  लिएको प्रष्ट हुन यो व्यवस्था गरिएको लिमिटेडले जनाएको छ । बोरा पनि तौल गरेर बिक्री गर्न थालिएको हो ।

उनले सेवाग्राहीले रसिद काटेको रकम बरावरको खाद्यन्न पुग अपुग स्पष्ट हुनका लागि पनि बोरा पनि तौल गरेर दिन थालिएको बताए । यस पटक मात्र शाखाले यसरी डिजिटल मेशिनबाट तौलेर दशै तिहारको छुटमा दुई हजार तीन सय क्वीन्टन खाद्यन्न एक करोड चालीस लाख तीस हजार मुल्यमा बिक्री गर्ने लक्ष राखेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९