राज शाही शनिबार, आश्विन २३, २०७८ मा प्रकाशित

खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको हुम्ला शाखाले पहिलो पटक डिजिटल काँटाबाट खाद्यन्न तौलेर सेवाग्राहीलाई बिक्री बितरण सुरु गरेको छ । शाखाको खाद्यन्न बिक्री बितरण कार्य माथि टिकाटिप्पणी सुरु भई रहेको बेला शाखाले आफ्नो बिक्री बितरण प्रर्णालीमा सुधार ल्याउने क्रम जारी राखेको हो ।

अरु बेला खाद्यन्न पाए भई हाल्छ भन्ने मानसिकता हुने गरेको भएपनि यसपाली आफ्नै अगाडी राखेको मेशिनले तिरेको रुपियाँ बराबरको खाद्यन्नको तौल देख्न पाएको थिए । यसबाट अब सेवाग्राहीमा खाद्यन्न खरिद गर्दा सेवाग्राही ढुक्क हुने अबस्था आएको छ । लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले खरिद बिक्री बारे स्पष्ट हुन र पारदर्सीता कायम गर्न नयाँ डिजिटल मेशिनको व्यवस्था गरि बिक्री बितरण सुरु गरिएको जानकारी दिएका छन् ।

शाखाबाट हालसम्म बिक्री बितरण हुने खाद्यन्न माना पाथी भर्ने वा बोरा नै उठाएर सर्बसाधारणले लिने गर्दै आएका थिए । शाखामा हिसाव किताव स्पष्ट राख्न र सेवाग्राहीलाई पनि आफ्नो नगद बरावरको खाद्यन्न  लिएको प्रष्ट हुन यो व्यवस्था गरिएको लिमिटेडले जनाएको छ । बोरा पनि तौल गरेर बिक्री गर्न थालिएको हो ।

उनले सेवाग्राहीले रसिद काटेको रकम बरावरको खाद्यन्न पुग अपुग स्पष्ट हुनका लागि पनि बोरा पनि तौल गरेर दिन थालिएको बताए । यस पटक मात्र शाखाले यसरी डिजिटल मेशिनबाट तौलेर दशै तिहारको छुटमा दुई हजार तीन सय क्वीन्टन खाद्यन्न एक करोड चालीस लाख तीस हजार मुल्यमा बिक्री गर्ने लक्ष राखेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९