राज शाही मंगलबार, आश्विन १९, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला खण्डको सडक मर्मत कार्य सेनाले गर्दै आएको छ । हस्तान्तरण गरेको तीन महिनासम्म मर्मत संभार गर्नुपर्ने नियम अनुसार सेनाले सडकको सो काम गर्दै आएको हो । नेपाली सेनाको बिकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले उक्त सडक खण्डमा बर्खाको कारण भत्केको, पहिराले अबरुद्ध भएको भागको मर्मत कार्य सेनाले गर्दै आएको जानकारी दिएका छन् ।

कर्णाली करिडोरको कालिकोटको खुलालु, लैफुदेखि सलीसल्लासम्मको १२२ दशमलव चार किलो मिटर सडकको मर्मत कार्यमा सेना जुटि रहेको सेना जुटि रहेको छ । यो खण्डमा बर्खामा पहिरो जाँदा तथा ढुङ्गा खस्दा चार दर्जन भन्दा बढी स्थानमा भत्केको सडकको मर्मत गर्ने कार्य तिब्र भई रहेको सेनाले जनाएको छ ।

नियम अनुसार सेनाले निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरेको तीन महिनापछिसम्म भत्केको सडकको मर्मत सेनाले नै गर्नुपर्ने भएको कारण हाल सेना करिडोरको उक्त खण्डमा काम गरि रहेको छ । धेरै स्थानमा खसेको पहिरो पन्छाउने कार्य भई सकेको र अब बाँकी रहेको क्षेत्रमा पनि मर्मत कार्य भई रहेको छ ।

भीर फुटेर अबरुद्ध भएका सडकको मर्मत गरेर सडक सुचारु गर्ने कार्य भई सकेको र बाँकी मर्मत गर्ने कार्य पनि चालु रहेको सेनाले जनाएको छ । वर्षाले कालिकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने सडक मध्य हुम्ला खण्डमा बढी क्षेत्री पुर्याएको थियो । सडक अबरुद्ध भएपछि केही समयका लागि यातायता सेवा समेत अबरुद्ध भएको थियो ।

त्यसैगरि सडकको ठाँउठाँउमा कल्भर्ट बनाउने कार्य पनि सेनाले गरि रहेको छ । बिग्रे भत्केको सडकको मर्मतका लागि भनेर उनले नेपाली सेनाले सडक हस्तान्तरण पछि पनि क्याम्प नछोडेको बताएका हुन । अब आगामी कात्तिक महिनासम्म सडक अबरुद्ध वा भत्के सेनाले नै त्यसको मर्मतको जिम्मा लिनु पर्नेछ । गत असार ३१ गते आफुले निर्माण गरेको कर्णाली करिडोरको सडक हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९