राज शाही मंगलबार, आश्विन १९, २०७८ मा प्रकाशित

नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला खण्डको सडक मर्मत कार्य सेनाले गर्दै आएको छ । हस्तान्तरण गरेको तीन महिनासम्म मर्मत संभार गर्नुपर्ने नियम अनुसार सेनाले सडकको सो काम गर्दै आएको हो । नेपाली सेनाको बिकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले उक्त सडक खण्डमा बर्खाको कारण भत्केको, पहिराले अबरुद्ध भएको भागको मर्मत कार्य सेनाले गर्दै आएको जानकारी दिएका छन् ।

कर्णाली करिडोरको कालिकोटको खुलालु, लैफुदेखि सलीसल्लासम्मको १२२ दशमलव चार किलो मिटर सडकको मर्मत कार्यमा सेना जुटि रहेको सेना जुटि रहेको छ । यो खण्डमा बर्खामा पहिरो जाँदा तथा ढुङ्गा खस्दा चार दर्जन भन्दा बढी स्थानमा भत्केको सडकको मर्मत गर्ने कार्य तिब्र भई रहेको सेनाले जनाएको छ ।

नियम अनुसार सेनाले निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरेको तीन महिनापछिसम्म भत्केको सडकको मर्मत सेनाले नै गर्नुपर्ने भएको कारण हाल सेना करिडोरको उक्त खण्डमा काम गरि रहेको छ । धेरै स्थानमा खसेको पहिरो पन्छाउने कार्य भई सकेको र अब बाँकी रहेको क्षेत्रमा पनि मर्मत कार्य भई रहेको छ ।

भीर फुटेर अबरुद्ध भएका सडकको मर्मत गरेर सडक सुचारु गर्ने कार्य भई सकेको र बाँकी मर्मत गर्ने कार्य पनि चालु रहेको सेनाले जनाएको छ । वर्षाले कालिकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने सडक मध्य हुम्ला खण्डमा बढी क्षेत्री पुर्याएको थियो । सडक अबरुद्ध भएपछि केही समयका लागि यातायता सेवा समेत अबरुद्ध भएको थियो ।

त्यसैगरि सडकको ठाँउठाँउमा कल्भर्ट बनाउने कार्य पनि सेनाले गरि रहेको छ । बिग्रे भत्केको सडकको मर्मतका लागि भनेर उनले नेपाली सेनाले सडक हस्तान्तरण पछि पनि क्याम्प नछोडेको बताएका हुन । अब आगामी कात्तिक महिनासम्म सडक अबरुद्ध वा भत्के सेनाले नै त्यसको मर्मतको जिम्मा लिनु पर्नेछ । गत असार ३१ गते आफुले निर्माण गरेको कर्णाली करिडोरको सडक हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९