राज शाही आइतबार, आश्विन १७, २०७८ मा प्रकाशित

नेपाली काँग्रेस ७ औ जिल्ला अधिवेसनको घोषणा सभा सम्पन्न भएको छ ।  घोषणा सभाले नेपाली काँग्रेसको जिल्ला कार्यसमिति ३१ सदसिय चयन गरेको हो । जसमा सभापति मोहन विक्रम सिंह, उपसभापतिमा कैलास भण्डारी र बसन्त रोकाया, सचिवमा विजया वुढा र कृष्णबहादुर बोहरा, सहसचिवमा पाल्जोर तामाङ र दिलबहादुर शाही, सदस्यमा सपना  शाही लगाएतका ३१ जनालाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाही,  निवर्तमान सभापति जयपति रोकाया ,निर्वचन अधिकृत दुर्गा सापकोटाले निर्वाचित प्रमाण पत्र प्रर्दान संगै टसी खादा अविर लगाइ सम्मान समेत गर्नु भएको थियो ।

 

जिल्ला कार्यसमितिको जम्मा ३१ पदका लागी १४ खुल्ला पदमा ७ महिला र ७ पुरुष गरी १४ जना, १० जना समावेसी,   र सभापती १, उपसभापती २, सचिव २, सहसचिव २  जना गरी जम्मा ७ जना गरी  ३१ जना जिल्ला कार्यसमितिका लागीमा चयन गरीएको कार्यक्रममा

निवर्तमान पाटी सभापति जय पति रोकायाले   आफ्रीनो भनाइ समेत राखेका  थिए ।

केन्द्रिय माहाधिवेसन प्रतिनिधि  २५ जना  चयन भएका छन् । जसमा ११ जना महासमिति सदस्य पनि चयन गरीएको नेपाली काँग्रेस जिल्ला अधिवेसन निर्वाचन अधिकृत दुर्गा सापकोटाले बताएका छन् ।  घोषणा सभा आज दिनको  साढे ११ वजेबाट सुरु भएको थियो ।

सोही घोषणा सभाको अध्यक्षता निवर्तमान जिल्ला अध्यक्ष जयपति रोकायाको र प्रमुख आतिथ्य पुर्व पर्यटन मन्त्री एव नेपाली काँग्रेस केन्दिय सदस्य जिवनबहादुर शाहीको रहेको थियो ।

महासमिति सदस्यमा खुला पुरुषमा जयपति रोकाया, पदमबहादुर लामा, कर्णबहादुर रावल, मंगलबहादुर शाही, अर्जुन महतारा, महिला रंगमती शाही, डोमा लामा शाही समावेसी राजबहादुर रोकाया, अर्जुन महतारा समावेसीबाट सुसिला रोकाया जनजातीकाट रिता लामा अपाङबाट जनकबहादुर शाही रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९