राज शाही शनिबार, आश्विन ०९, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाली सेनाका लागी शनिवार सम्म ८४ जनाले आवेदन फाराम भरेका छन् । जसमा पुरुष ७३ जना र महिला ११ जना गरी ८४ जनाले आवेदन फाराम भरेका हुन ।

हुम्ला जिल्लामा जम्मा ५० जनाको सिट रहेकोमा २७ खुल्ला, ५ महिला, ७ आदीवासी जनजाती, ६ मधेसी, ३ दलित, १ पिछडिएको  र १ जना कर्तव्यको सिलसिलामा विरगती प्राप्त नेपाली सेनाका परीवारबाट गरी जम्मा ५० सिट हुम्लामा खुलेको र छुट्याइएको कोटामा आवेदन नपरे सबै खुल्ला सिटमा आउने बरादल गुल्म रानीवन व्यारेक हुम्लाका गुल्मपति मेजर गणेश खड्काले  बताए ।

भर्ना छनौट केन्द्र तोकी दरखास्त फाराम बराहदल गुल्म रानीवन व्यारेक हुम्बालाबाट बितरण भइरहेको छ । सोका लागी भाद्र १८ गते देखि अशोज १८ गते भित्र नेपाली सेनाका लागी वराहदल गुल्ममा आवेदन फाराम भर्न सकिने भएको हो ।

सेनामा आवेदन फाराम भर्ने व्यक्तीको उमेर अशोज १६ गते सम्म १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनु पर्ने र नेपाली नागरिक हुनु पर्ने  गुल्मपति सेनानी गणेश खड्काले वताएका छन् । हुम्लाकालागी ५० सिट खुलेको छ जसको छनौट हुम्लामै हुने भएको हो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९