राज शाही शुक्रबार, आश्विन ०८, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

सुत्केरी भएको एक हप्ताकी विरामी महिलाको हेली कप्टरबाट उद्धार गरिएको छ । उदार गरिएकी महिलामा सर्केगाड गाउँ पालिका वडा नं ६ निवासी वर्ष ३४ की गोपिना रोकाया रहेकी छन् । एक हप्ता अगाडि सुत्केरी भई बच्चा जन्माए पनि पेट नघटे पछि र रगत वगी रहे पछि आज उपचारका लागी जिल्ला अस्पताल हुम्लामा हेलिकप्टरबाट उदार गरिएको छ ।

पेटमा पानी जमेको र शारिरीक अवस्था कम्जोर भए पछी निजको उदार गरी अहिले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले उपचार गरीरहेको जिल्ला स्वास्थ्ये सेवा कार्यालयका कोरोना फोकल प्रर्सन भक्ती फडेराले बताएका छन् । निजको प्राथामिक उपचार बराइ स्वास्थ्य चौकीमा गरीए पनि निजको स्वास्थ्यमा सुधार नआए पछि महँगो हेलिकप्टर भाडा तिरेर सिमकोट ल्याएको हो ।

व्यक्तीगत १ लाख हवाइ भाडा तिरेर जिल्ला अस्पतालमा पुर्याइ उपचार भइ रहेको छ । एक हप्ता देखि विरामी भए पनि सुक्रबार मात्रै निजको थप उपचारका लागी जिल्ला अस्पताल पुर्याएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९