राज शाही शुक्रबार, भाद्र २५, २०७८ मा प्रकाशित

हिमाली जिल्ला हुम्ला शिक्षामा विस्तारै विकास हुदै गएको छ । सुविधा सम्पन्न विद्यालय भवन निर्माण संगै प्रविधिमा जोडिदै गएका छन् । विद्यालयमा नै कम्प्युटर कलास संगै प्रजेक्टरबाट पढाइ हुन थालेको छ । जिल्लाकै पहिलो नमुना विद्यालयको सुक्रबार माननिय पुर्वमन्त्री एव नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीले उत्घाटन गर्नु भएको छ ।

माननीय शाहीले उत्घाटन गरेको विद्यालयमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ छिप्रा गाउँमा संचालित सिता नमुना माद्यामिक विद्यालय रहेको छ । पुर्व पर्यटन मन्त्री जिवनबहादुर शाहीको पहलमा कर्णाली प्रदेश सरकारले ५० लाख वजेटबाट उक्त विद्यालयको ४ कोठे सुविधा सम्पन्न भवन निमार्ण गरी सुक्रबार उत्घाटन गरिएको हाम्रा सहकर्मी जनक शाहीले सम्बन्धीत स्थलबाट जानकारि गराएका छन् ।

उत्घाटन कार्यक्रमा सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामा, खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल,  नेपाली काँग्रेस पाटी सभापती जयपति रोकाया,  प्रमुख जिल्ला अधिकारी गणेश आचार्य, प्रहरी नायव उपरिक्षक हेरम्ब सर्मा, खार्पुनाथ गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही ,  सामाजिक विकास कार्यालयका प्रमुख रमेश खत्री लगाएतका व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

सुक्रबार दिनको ११ वजे उत्घाटन गरिएको कार्यक्रममा शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन । शिक्षाकै कारण नै यो संसार छ । यदि शिक्षा नभएको भए यो संसार हुदैनथ्यो । सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला भन्ने भनाइ मानिय जिवन बहादुर शाहीले उक्त उत्घाटन कार्यक्रममा  व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९