राज शाही आइतबार, भाद्र २०, २०७८ मा प्रकाशित

हिल्दुम विद्युत वितरण केन्द्रको मर्मत कार्य सुरु भएको छ । उक्त मर्मत कार्य उपभोक्ता समितिबाट मर्मत गरिने भएको हो । विद्युत प्राधिकरण हेल्दुङग वितरण केन्द्रको ओभरफलो संरचनामा पहिरो गई क्षति भए पछि सदरमुकाम सिमकोट सहित दुई वटा गाउँ पालिकामा विधुत लोट सेटिङ भई अन्धकारमा बस्न बाध्य भए पछि पुर्व पर्यटन मन्त्रि एव हुम्ला जिल्ला क्षेत्र नं ख का संसद एव कर्णाली प्रदेश नेपाली काँग्रेस संसदिय दलका नेता जिवनबहादुर शाहीको पहलमा मर्मत कार्य सुरु भएको हो ।

शाही हुम्ला आएको समयमा उक्त पावर हाउसको ओभर फलो संरचनाको करिव १५ मिटर भत्केपछि शाहीको पहलमा तत्कालका लागी ३० लाख मर्मत खर्चको व्यवस्था गरीएको मन्त्री शाहीले  बताउनु भयो । उक्त विद्युत मर्मत कार्य सम्पन्न नहुन जेल सम्म सदरमुकाम सिमकोट सहित खार्पुनाथ र सिमकोट गाउँ पालिकाका स्थानिय सेवाग्राहीले राती १० वजे देखि विहान ६वजे सम्म विद्युत सेवाबाट बन्चित हुनु पर्ने छ ।

हिल्दुम विद्युत वितरण केन्द्रको ओभरफलो संरचनामा पहिरो गई क्षेती भएको थाहा जानकारी पाउने वितिकै कर्णाली प्रदेश संसदिय दलका नेता जिवनबहादुर शाहीले कर्णाली प्रदेशमा जानकारी गराइ उक्त आयोजनाको मर्मत कार्य अगाडी बढाउनु भएको छ ।

हुम्लाको विकास र निकासका लागी अग्रणी भुमिका खेल्ने शाही सरकारमा रहंदा वा नरहँदा हुम्लाको सिमा सुरक्षा देखि लिएर जनताको गास, वास ,कपास र वाटो, बिजुली, वन लगाएतका विषयमा चिन्तीत देखिनु हुन्छु ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९