राज शाही बुधबार, भाद्र १६, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको टोली नाम्खा गाउँपालिकामा भएका विकासे योजनाहरुको अनुगमन गरी जिल्ला सदरमुकाम सिमकोट फर्कनु भएको छ । संघिय मन्त्री शाहीको टोलीले नाम्खा गाउँ पालिकामा संघ, प्रदेश,जिल्ला  र स्थानिय सरकारबाट भएका विकासे योजनाको अनुगमन गर्नु भएको हो ।

शाहीले लिमी,लाप्चा  सडक, हिल्सामा गएको वाढी पहिरो र प्रहरी चौकी,सस्त्र प्रहरी सिमा सुरक्षा चौकी लगाएतका विकासे गति विधिको निरिक्षण गरी फर्कनु भएको छ । शाहीको टोलीले सिम्रिक हेलिकप्टरबाट स्थलगत निरिक्षण गर्नु भएको हो । नाम्खा गाउँ पालिकाका जनताको जिवन स्तर  उकास्नका लागी के गर्न सकिन्छ भन्ने बारेमा पनि शाहीले त्यहाँका जनतासँग भेटघाट गरी शुझाव संकलन गर्नु भएको छ ।

यस अघि शाहीले नाम्खा गाउँ पालिकाका जनाताको विकासको लागी प्रदेश पुर्वधार विशेष कार्यक्रमबाट रिन्जिलिङ गुम्बा हल्जीका लागी २५ लाख,  जाङग गुम्बाको लागी १५ लाख, किट क्षेत्रको सडक निर्माणको लागी ५० लाख र हल्जी गुम्बाका लागी ३० लाख वजेट विनियोजन गरी उक्त योजनाहरु निर्माण कार्य सम्पन्न भएका छन् ।

सोही योजनाहरुको आज पुर्व संघिय प्रयटन मन्त्री शाहीको टोलीले अनुगमन गरी जिल्ला सदरमुकाम सिमकोट फर्कनु भएको हो।शाहीको टोलीमा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको पनि सहभागीता रहेको थियो  ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९