राज शाही बुधबार, भाद्र १६, २०७८ मा प्रकाशित

हुम्ला

नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको टोली नाम्खा गाउँपालिकामा भएका विकासे योजनाहरुको अनुगमन गरी जिल्ला सदरमुकाम सिमकोट फर्कनु भएको छ । संघिय मन्त्री शाहीको टोलीले नाम्खा गाउँ पालिकामा संघ, प्रदेश,जिल्ला  र स्थानिय सरकारबाट भएका विकासे योजनाको अनुगमन गर्नु भएको हो ।

शाहीले लिमी,लाप्चा  सडक, हिल्सामा गएको वाढी पहिरो र प्रहरी चौकी,सस्त्र प्रहरी सिमा सुरक्षा चौकी लगाएतका विकासे गति विधिको निरिक्षण गरी फर्कनु भएको छ । शाहीको टोलीले सिम्रिक हेलिकप्टरबाट स्थलगत निरिक्षण गर्नु भएको हो । नाम्खा गाउँ पालिकाका जनताको जिवन स्तर  उकास्नका लागी के गर्न सकिन्छ भन्ने बारेमा पनि शाहीले त्यहाँका जनतासँग भेटघाट गरी शुझाव संकलन गर्नु भएको छ ।

यस अघि शाहीले नाम्खा गाउँ पालिकाका जनाताको विकासको लागी प्रदेश पुर्वधार विशेष कार्यक्रमबाट रिन्जिलिङ गुम्बा हल्जीका लागी २५ लाख,  जाङग गुम्बाको लागी १५ लाख, किट क्षेत्रको सडक निर्माणको लागी ५० लाख र हल्जी गुम्बाका लागी ३० लाख वजेट विनियोजन गरी उक्त योजनाहरु निर्माण कार्य सम्पन्न भएका छन् ।

सोही योजनाहरुको आज पुर्व संघिय प्रयटन मन्त्री शाहीको टोलीले अनुगमन गरी जिल्ला सदरमुकाम सिमकोट फर्कनु भएको हो।शाहीको टोलीमा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको पनि सहभागीता रहेको थियो  ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९