राज शाही मंगलबार, भाद्र १५, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

वर्षको १ वाली पाक्ने हुम्लामा किसानहरु नगतेवालीलाई पहिलो प्राथामिकतामा राख्न थालेका छन् । अन्य वालीले आम्दानी राम्रो नदिने र वर्षको ३ महिना पनि खाना नपुग्ने भए पछि कृषकहरु नगदे वालीमा आक्रसित भएका हुन ।

सिमकोट गाउँ पालिकाको वडा नं ५ को बजार क्षेत्रमा ३ रोपनी जग्गामा प्याज, टमटर, काउली, वन्दा उत्पादन गरेर सन्तुष्टीमा रहेको सिमकोट गाउँ पालिका वडा नं ५ का रुपेन्द्र रोकायाले बताएका छन् । रोकायाले यस अघि २ कुन्टल प्याज उत्पादन गरी प्रति केजी १ सय ५० मा बिक्री गरी सकेका छन् । निजले आज मात्रै ६ कुन्ट प्याज वारीबाट निकाली भण्डारण गरेको र ५ कुन्ट भन्द वढी प्याज वारीमै रहेको र निकाल्न बाँकी रहेको रोकायाले बताएका  छन् ।

जसको आर्थिक सहयोग गुडनेभर्स इन्टरनेस्नल नेपालको र प्राविधिक सहयोग स्नोल्याण्ड एकिकृत विकास केन्द्रको रहेको थियो । स्नोल्याड एकिकृत विकास केन्द्रले हजारी, विउ, ग्रिन हाउसकोलागी पाइप, पलाष्टिक उपलब्ध गराएको  स्नोल्याड एकिकृत विकास केन्द्र एस आइ डिसीका कृषि प्राविधिक जंगबहादुर शाहीले बताएका छन् ।

वर्षको १ वाली पाक्ने हुम्ला जिल्लामा पहिलो वाली प्याज उत्पादन गरेर दोश्रो वाली काउली वन्दा टमटरको उत्पादनका लागी वीरुवा उत्पादन गरेको रोकायाले बताएका छन् । ३ वटा पलाष्टिकको टनेल निर्माण गरेर १५ कुन्टल सम्म प्याज उत्पादन गरेको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कृषि प्राविधिक जंङ्गबहादुर शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९