राज शाही आइतबार, भाद्र १३, २०७८ मा प्रकाशित

नेपाली काँग्रेस केन्द्रिय सदस्य एव कर्णाली प्रदेश संसदिय दलका नेता माननीय जिवनबहादुर शाही हुम्ला आइ पुग्नु भएको छ । शाही अहिले वेलुका ३ बजे समिट एरलाइन्सबाट सिमकोट आइ पुग्नु भएको हो । शाही हुम्ला आए संगै नेपाली काँग्रेसको १४ औ वडा अधिवेसन देखि केन्द्रिय माहाधिवेसनका लागी छलफलमा जुटेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको छलफलमा सहभागी हुनु भएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य सिमिति हुम्लाले आयोजना गरेको छलफल तथा अन्त्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको थियो । जिल्लामा नेपाली काँग्रेस एक ढिक्का भएर १४ औ वडा तथा जिल्ला अधिवेसन सम्मपन्न गर्नमा नेपाली काँग्रेसका सुभेच्छक भात्री तथा भगेनी संस्था र काँग्रेसजनहरुको सुझाव रहेको छ ।

नेपाली काँग्रेसको वडा देखि केन्द्र सम्मको महाधिवेसन लगतै स्थानिय तहको राष्ट्रिय निर्वाचन हुने भएकाले यसको असर पछि गएर उक्त निर्वाचनमा पर्न सक्ने भएकाले नेपाली काँग्रेस समय मै सचेत हुनु जरुरी देखिएको छ ।

त्यसै गरी नेपाली काँग्रेस संघिय सामानुपातिक संसद रंगमती शाही पनि शनिवार हुम्ला आइ पुगेकी छन् । उनले पनि नेपाली काँग्रेसको बैठकमा सहभागीता जनाएको खवर प्राप्त भएको छ । उक्त छलफल कार्यक्रममा हुम्ला जिल्लाका ४४ वटै वडाका नेपाली काँग्रेसका सभापति सचिव लगाएतका कार्यक्रर्ताको सहभागीता रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९