राज शाही आइतबार, भाद्र १३, २०७८ मा प्रकाशित

हुम्लाबासीका लागि मुख्य रोजगारीको क्षेत्र चीनको बुराङ काउण्टीको ताक्लाकोटमा रहदै आएका नेपालीहरुको कमाई मासिक एक लाखसम्म हुने गरेको छ । कोरोना कहरकैबिच दैनिक रुपमा ज्यालादारी काम पाई रहने भएको कारण कमाई राम्रो भएको हो । हाल ताक्लाकोटमा रहदै आएका जंग बहादुर लामाले कोरोना संङ्क्रमणयता ताक्लाकोटमा हुम्लाबासीको कमाई मासिक एक लाखसम्म हुने गरेको बताएका छन ।

ताक्लाकोटमा कम कमाई गर्नेको मासिक चालीस हजारको र यस्ता नेपालीको संख्या न्यून रहेको छ । उनले एक लाख भन्दा बढी कमाई गर्ने पनि रहेको बताएका छन् । गतवर्ष कोरोना सुरु भएयता हुम्ला फिर्ता आउन नपाएका १ सय ३५ जना हुम्लाबासीको कमाई ताक्लाकोटमा राम्रो रहेको छ । उनीहरुले अहिले आम्दानी राम्रो भई रहेकोले सबै नेपाली कामदार सन्तुष्ट रहेको जानकारी दिएका छन् । यो अबधिमा ताक्लाकोटमा काम गरि रहेका नेपालीले राम्रो कमाई गरेर नेपालमा पठाएर घरजग्गामा समेत लगानी गरि रहेको बताउदै ब्यापारी टेक बहादुर लामाले ताक्लाकोटमा रहँदै आएका नेपालीलाई कोरोनाले रोजगारीमा असर पार्न नसकेको बताएका छन ।

कोरोनाको सुरुवातीमा काम नपाएर बेरोजगार बस्नु परेका नेपालीलाई अहिले भने त्यस्तो अबस्था रहेको छैन । उनीहरु मध्य पुरुषले घर निर्माण, खानेपानी, सिंचाई, ढल, सडक निर्माण, र सुपर मार्केटमा काम गरि रहेका छन  भने महिलाहरु होटेलमा काम गरि रहेका छन । ताक्लाकोटमा नेपालीलाई काममा प्राथमिकता दिने गरेको बताईएको छ । त्यसैगरि केही नेपालीले फुरुको ब्यापार पनि गरि रहेका छन । ताक्लाकोटमा रहदै आएका नेपालीहरु काम राम्रो पाएर कमाई हुने भएपछि नेपाल फिर्ता आउने मनस्थितीमा नरहेको जनाईएको छ ।

कोरोनापछि हुम्ला जिल्लाका दुई हजार भन्दा बढी बेरोजगार युवा युवतीहरुले रोजगारी गुमाएका छन । कोरोनाले हिल्सा नाका बन्द भएपछि यो सिजनमा रोजगारीका लागि ताक्लाकोट जान नपाउदा रोजगारी गुमाउनु परेको हो । वर्षेनी छ महिनाका लागि कामका लागि ताक्लाकोटमा जाने हुम्लाका बेरोजगार युवायुवतीहरु कोरोनापछि जान पाएका छैनन । यसरी ताक्लाकोटमा काम गरेपछि पाँचदेखि दश लाख कमाई गरेर ल्याउने गरेका थिए तर अहिले त्यो सबै गुमेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९